Author Archive

गठबन्धनमा सिट बाँडफाँट ः १० कांग्रेस र ६ माओवादीलाई

राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो । बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा (माओवादी केन्द्र), दुई वटा नेकपा (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न… पुरा पढौ

मन्टेश्वरी एसोसियसन कास्कीमा नयाँ समिति

मन्टेश्वरी एसोसियसन कास्कीको आठौं वार्षिक साधरण सभा तथा चौथो अधिवेशनले भवानी अधिकारीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा रितु पौडेल, सचिव रीतादेवी सुवेदी, सहसचिव थिरु थापा र कोषध्यक्षमा अप्सरा गौतम छन् । यस्तै, कार्यसमिति सदस्यमा संगीता न्यौपाने अधिकारी, नारायणी कुँवर, गोमा कार्की, मीना सापकोटा, बसन्त न्यौपाने, कल्पना रेग्मी, रिना पौडेल र नन्दा बस्नेत छन् । संस्थाको संस्थापक अध्यक्षमा अरुणा शेरचन र निवर्तमान अध्यक्ष साल्भी बास्तोला छन् । पुरा पढौ

म्याग्दी घटनामा घाइते बालिकाको पोखरामा मृत्यु

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा शनिबार बिहान भएको घटनामा घाइते एक बालिकाको पोखरामा मृत्यु भएको छ । आठ वर्षीया प्रियङ्का गर्बुजाको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । सोही घटनामा घाइते ६६ वर्षीया अमृता जुग्जालीको पोखरामै उपचार भइरहेको छ । शनिबार मालिकामा छपनीले हानेर एकको हत्या भएको थियो । सोही घटनामा घाइते बनेका अमृता र प्रियङ्कालाई हेलिकोप्टरबाट उपचारका लागि पोखरा ल्याइएको थियो । जिल्ला प्रहरी… पुरा पढौ

बालिका र महिलालाई यौनधन्दामा लगाउने ३ पक्राउ

कास्की प्रहरीले मानव वेचविखन तथा ओसार पसार मुद्दामा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौं, शंखमुल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई बिहीबार पक्राउ गरेको हो । उनीहरुलाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी… पुरा पढौ

पालिकामै सेवा दिन प्रधानमन्त्रीलाई नेकपा कास्कीको ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी कास्कीले नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता काम आगामी वर्षदेखि स्थानीय तहमै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज पुर्णजीत सी, केन्द्रिय प्रतिनिधि सदस्यहरु काजी सी, सोममाया सी, परिवर्तन सी,, सन्तोष सी लगायतले कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । अझै पनि वास्तविक संघियताको निर्माण र अभ्यास… पुरा पढौ

सहकारी ठगी मुद्दामा एमाले नेता महेन्द्र भोटे जेल चलान

युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश बसन्तजंग थापाको इजाजतले गुरुङसहित २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । गुरुङसहित सूर्यदर्शन सहकारीका संचालक भविश्वर अर्याल थुनामा गएका हुन् । भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार दुबै जना मंगलबार अदालतमा हाजिर भएका थिए । मंंगलबार थुनछेक बहस नसकिएपछि… पुरा पढौ

मनाङ र मुस्ताङी किसानलाई सोलुखुम्बुका याक

गण्डकीमा नश्ल सुधारका लागि कोशी प्रदेशको सोलुखुम्बुबाट याक ल्याइएको छ । याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नश्लका १९ याक मनाङ र मुस्ताङका किसानलाई वितरण गर्न ल्याइएको हो । गण्डकीको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ल्याएका सबै भाले याक हुन् । मनाङका लागि नौ याक लिएर निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठसहितको टोली जिल्लामा पुगेको छ । मुस्ताङ पठाउने याक लिएर निर्देशनालयको अर्काे टोली पोखरा हुँदै… पुरा पढौ

सूर्यदर्शन सहकारीका उपाध्यक्ष रामेछापका वडाध्यक्ष

कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी अहिले पुर्पक्षका लागि कास्की कारागारमा छन् । दर्लामी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ७ का स्थायी बासिन्दा हुन् । पोखराबाट करिब ४ सय किलोमिटर पूर्वमा पर्ने रामेछापका स्थायी बासिन्दा दर्लामी पोखराको सहकारीको उपाध्यक्ष हुनु अनौठो र अस्वभाविक देखिन्छ । उसो त सहकारीका पूर्वअध्यक्ष जिबी राई ओखलढुंगाका स्थायी बासिन्दा हुन् । ३८ वर्षीय दर्लामीलाई प्रहरीले बिहीबार काठमाडौंबाट प्रक्राउ गरेको थियो ।… पुरा पढौ

रविले हाले कान्तिपुरविरुद्ध मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले… पुरा पढौ

१०३ वर्षीय किञ्जल्कलाई घरमै लेखनाथ पुरस्कार

साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’लाई लेखनाथ साहित्य पुरस्कारबाट सम्मान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ४० औं जन्मजयन्तीको अवसरमा आइतबार पोखरा महानगरका प्रमुख धनराज आचार्य, साहित्यकार सुरुभक्त लगायतले उनलाई पुरस्कृत गरेका हुन् । पुरस्कार राशि नगद ५० हजार र सम्मानपत्र छ । एक सय तीन वर्षीय साहित्यकार किञ्जल्कलाई उनको घरमै पुगेर सम्मान गरिएको हो । उनका अनुदित कृति सात र मौलिक कृति तीन गरी दश पुस्तक प्रकाशित छन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं