
युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश बसन्तजंग थापाको इजाजतले गुरुङसहित २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । गुरुङसहित सूर्यदर्शन सहकारीका संचालक भविश्वर अर्याल थुनामा गएका हुन् ।
भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार दुबै जना मंगलबार अदालतमा हाजिर भएका थिए । मंंगलबार थुनछेक बहस नसकिएपछि बुधबारसमेत भएको थुनछेक बहसपछि यस्तो आदेश भएको हओ ।
गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार थिए ।
यसअघि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागारमा छन् ।
््
सूर्यदर्शन सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा अझै १५ जना फरार छन् ।
महेन्द्र भोटे र जीवी राइको व्यावसायिक साझेदारीसमेत गरेका छन् । लेकसाइडमा ओजेन डिस्कोपछि उनीहरु अर्काे डिस्को खोल्ने तयारीमा थिए ।
कुनै बेला पोखरामा आतंक मच्याएको एलजी ग्रुपका नाइके महेन्द्र राजनीति र व्यवसायमा सँगसँगै प्रवेश गरेका थिए । छोटै समयमा गुन्डागर्दीको आरोपमा कमाएको सम्पत्तिलाई उनले वैध बनाएको चर्चा हुने गरेको छ ।
पक्राउपुर्जी जारी भएका १९ आरोपी
१) सूर्यदर्शन सहकारीका सस्थापक अध्यक्ष– गितेन्द्र बाबु राई
२) सहकारीका पूर्वउपाध्यक्ष– कैलाश दर्लामी
३) सहकारीका सचिव– धिरजकुमार दास
४) सहकारीका कोषाध्यक्ष– कुमार रम्तेल
५) सहकारी संचालक समिति सदस्य– हेमन्त अधिकारी
६) सहकारी संचालक समिति सदस्य– प्रमोद भट्टराई
७) सहकारी संचालक समिति अध्यक्ष– थानबहादुर बुढा मगर
८) सहकारी संचालक समिति पूर्वसचिव– अनुज नकर्मी
९) सहकारी संचालक समिति पूर्वअध्यक्ष– भूपेन्द्र राई
१०) सहकारी संचालक समिति पूर्वसदस्य– शिवबहादुर गुरुङ
११) सहकारी संचालक समिति सदस्य– भविस्वर अर्याल
१२) सहकारी संचालक समिति सदस्य– आइस्मा गुरुङ
१३) सहकारी संचालक समिति सदस्य– कविता तामाङ
१४) सहकारीका संचालक समिति सदस्य– सागर केसी
१५) सहकारीका संचालक समिति सदस्य– ललिता तामाङ
१६) सहकारीका संचालक समिति सदस्य– दिनेश रोका
१७) सहकारी संचालक समिति लेखा अधिकृत– सृष्टी मानन्धर
१८) सहकारी संचालक समिति लोन अधिकृत– बुद्धि गुरुङ
१९) सहकारी संचालक समितिका पूर्वसचिव– सुरज श्रेष्ठ