नेपाल कम्युनिस्ट पार्टी कास्कीले नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता काम आगामी वर्षदेखि स्थानीय तहमै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज पुर्णजीत सी, केन्द्रिय प्रतिनिधि सदस्यहरु काजी सी, सोममाया सी, परिवर्तन सी,, सन्तोष सी लगायतले कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
अझै पनि वास्तविक संघियताको निर्माण र अभ्यास नगरिएको उल्लेख गर्दै ज्ञापनपत्रमा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहजै पालिका स्तरबाट पाउनुपर्ने सामान्य सुविधा लागि अझै पनि जिल्लाको सदरमुकाम धाउनुपर्ने बाध्याता रहेकोप्रति प्रधानमन्त्रीलाई ध्यानाकर्षणसमेत गराईएको छ ।