Author Archive

पिसिएमका विद्यार्थीले गरे डेमो प्रेस मिट

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले आइतबार नमुन पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई सेक्सनका ७२ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर डेमो पत्रकार सम्मेलन गरेका हुन् । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरि अधिकारीले बताए । क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता… पुरा पढौ

सांसद केसीको प्रश्नः गाडी नकिन्ने भन्ने ५ करोड बजेट राख्ने किन ?

prakash kc
गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको छलफलमा नेकपा एमालेका सांसद केसीले प्रतिपक्षीलाई पेलिएको भन्दै असन्तुष्टि जनाए । सरकारका कारण धेरै सांसदलाई निर्वाचन क्षेत्रका जनतासामु जानै नसक्ने अवस्था आएको सांसद केसीले गुनासो गरे । ‘बजेट हेर्दा जनतालाई उत्पादनसँग कसरी जोड्ने, रोजगारी सिर्जना, पर्यटनको विकास… पुरा पढौ

महतगौंडामा विद्यार्थीसँग असार १५ को तयारी

पोखरा महानगरपालिका वडा नम्बर १७ को महतगौंडामा असार १५ को अवसरमा विद्यार्थीसँग विशेष कार्यक्रम हुने भएको छ । सिद्देश्वर बहुउद्देश्यीय कृषि सहकारीले धान दिवसको अवसरमा पारी विभिन्न कार्यक्रम गर्न लागेको हो । नयाँ पुस्तालाई रोपाइँ, असारे गीत, धान दिवस आदिको महत्व बुझाउन कार्यक्रम गर्न लागिएको सहकारीका अध्यक्ष शंकरराज भण्डारी बताउँछन् । सो अवसरमा रोपाइँसँगै चित्रकला प्रदर्शनी, असारे गीत प्रस्तुति, विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमसमेत हुने छन् । सहकारीका सचिव पवन… पुरा पढौ

घर भत्किँदा २ को मृत्यु, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

मङ्गलबार रातिबाट परेको वर्षाका कारण घर भत्किँदा कास्कीमा दुई जनाको ज्यान गएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा घरले घर भत्किँदा १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो । नजिकैको माटोको ढिस्को भत्किँदा प्रकाश रानाभाटको घर भत्किएको हो । बिहान सवा २ बजेतिर घरले पुरिएर आयुस्माको मृत्यु भएको हो । सँगै सुत्नुभएकी आयुस्माकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारी पनि सकुसल हुनुहुन्छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको… पुरा पढौ

सरकारी स्कुलबाट एसइई पास छात्रालाई निशुल्क प्राविधिक शिक्षा

इन्जिनियरिङ, वन विज्ञान लगायतका बिभिन्न प्राविधिक विषय पढ्नु अझै पनि जो कोहीको पहुँचमा छैन । यस्ता विषय पढ्न खर्च बढी त हुने नै भयो, मिहिनेत र लगाव पनि पनि बढी चाहिन्छ । निम्न आयस्रोत भएका र सामान्य विद्यार्थीको यस कारणले यी विषयमा ध्यान गएको पाइँदैन । आयस्रोत अभावले चाहेर पनि कतिपय विद्यार्थीले प्राविधिक शिक्षाबाट वञ्चित हुनुपर्छ । छात्राका लागि त परम्परागत मूल्य, मान्यता पनि तगारो बनेर आइदिन्छन् प्राविधिक शिक्षा लिन… पुरा पढौ

एबिसी उडान गर्ने हेलिकोप्टरले हरेक पल्ट १० हजार तिर्नुपर्ने

अन्नपूर्ण गाउँपालिकाले पालिकामा हुने हेलिकोप्टर उडानमा कर लगाएको छ । पालिकामा हेलिकोप्टर दर्ताका लागि एक लाख शुल्क तोकिएको छ भने अन्नपूर्ण आधार शिविर (एबिसी) उडान गर्दा हरेक उडानको १० हजार शुल्क तोकेको छ भने अन्यत्र हरेक उडानको ३ हजार कर तोकिएको छ । गाउँपालिकाको विनियोजन ऐनमा यस्तो प्रस्ताव गरिएको छ । पालिकाले आगामी वर्ष गाडी किन्न ६५ लाख बजेट विनियोजन गरेको छ । अन्नपूर्ण गाउँपालिकाले आगामी आव २०८१/८२ का लागि… पुरा पढौ

आवधिक र गुरुयोजना बनाउँदै माछापुच्छ«े

कास्कीको माछापुच्छ«े गाउँपालिकाले स्थानीय तह स्थापनाको सात वर्षपछि गुरुयोजना र आवधिक योजना बनाउने भएको छ । पालिकाको व्यवस्थित र योजनावद्ध विकासका लागि आवधिक योजना र गाउँ गुरुयोजना आगामी आर्थिक वर्ष बनाइने भएको हो । यसका लागि ०८१÷०८२ को बजेटा १८ लाख बजेट विनियोजन भएको छ । सोमबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षको बजेटको अनुमान पेश गर्नुभयो । आगामी वर्षका लागि अनुमानित कुल बजेट ६५ करोड… पुरा पढौ

संसद फर्किए फणीन्द्र देवकोटा

पदमुक्त गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा १० दिनपछि संसद फर्किएका छन् । देवकोटामाथिको कारवाही तत्काल लागू नगर्न सर्वाेच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको हो । नेपाल समाजवादी पार्टीका नेता देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएको थिए । माओवादी केन्द्रको ह्विपविपरीत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएपछि देवकोटालाई माओवादीले कारवाही गरेको थियो । देवकोटा नेपाल समाजवादी पार्टीसँग आवद्ध भएको भन्ने तथ्य नेपाल राजपत्रमा प्रकाशित सूचना लगायतका आधिकारिक… पुरा पढौ

फोहोरभित्र पनि फोहोरी खेल !

मणिपाल शिक्षण अस्पताललाई २० करोड कर छुट दिने निर्णय बदर गरेको पोखरा महानगर धेरै ठाउँमा चुकेको छ । त्यस्तै एक ठाउँ होः फोहोर व्यवस्थापन । फोहोरभित्रको बेथिति यहाँसम्म छ कि लामो समयदेखि टेन्डर नै नगरी छ कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिइएको छ । बिना प्रतिस्पर्धा ६ वटा कम्पनीलाई पाँच सय प्रतिशतसम्म घटेर फोहोर व्यवस्थापनको जिम्मा दिएको पोखरा महानगरले ६ करोड ६५ लाख घाटा व्यहोरेको महालेखको प्रतिवेदनले औंल्याएको छ । अहिले… पुरा पढौ

सन् २०२५ पोखरा भ्रमण वर्ष

पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ.व २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं