Author Archive

    कुमुदिनीमा नेपाली शब्दखेल प्रतियोगिता

पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आइतबार विद्यालयको वार्षिक कार्यतालिकाअनुसार अन्तरसदनात्मक प्राथमिक तह स्तरीय नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा नीलो सदनका बिराट सिजापाटी, आविष्कार लामिछाने,जेशिका पंगेनी र वसन्त बरालको समूह प्रथम र पहेँलो सदनका अञ्जना नेपाली,सोइच्छा गुरुङ ,रञ्जिता गुरुङ र नस्विना गौतमको समूह द्वितीय भएका छन्। विद्यालयको सह-प्राचार्य मनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक नवराज गरुङ समयपालक, शिक्षिका उषा गुरुङ अङ्कन र शिक्षिकाहरू रोशनी श्रेष्ठ र रजनी… पुरा पढौ

गुँदेतालमा डुबेर बालकको मृत्यु, हर्पनमा २ जनाको ज्यान गयो

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ मा पर्ने गुदेतालमा शुक्रबार दिउँसो डुबेर बालकको मृत्यु भएको छ । दिउँसो सवा ३ बजेतिर छ वर्षीय बालक सचिन परियारको डुबेर मृत्यु भएको हो ।लमजुङको मध्य नेपाल नगरापालिकाको करापुटार भएका सचिव बुवा विकास परियारले माछा मारेको हेर्न तालमा गएका थिए । पोखरा–२६ को प्रगतिटोल बस्ने सचिनलाई तालमा डुबेको अवस्थामा देखेपछि स्थानीय र बुवा विकासले उद्धार गरी लेखनाथ सिटी अस्पताल पु¥याएकोमा चिकित्सकले दिउँसो ४ बजे… पुरा पढौ

फोटोग्राफर संघको स्थापना दिवसमा रक्तदान

पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४३ औं स्थापना दिवसको अवसरमा भएको खुला रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेलले रक्तदाता विजय पहारीलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए । पौडेलले मानव जीवनलाई संकटका बेला आवश्यक पर्ने रगत दान गरी मानवीय कार्यमा संलग्न हुन सबैमा आग्रह गरे । संघले यस खालको कार्यक्रम गरी व्यावसायिक एकता र सामाजिक उत्तरदायित्व एकै पटक निर्वाह गरेको… पुरा पढौ

गण्डकीका संस्थापक मुख्यमन्त्रीदेखि संघीय सञ्चार मन्त्रीसम्म

लमजुङमा नेपाली कांग्रेस र एमालेको जनमत हाराहारी जस्तै देखिन्छ । गएको चुनावमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार विरुद्ध एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई उभ्याएको थियो । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङविरुद्ध जित निकाल्नु निकै कठिन थियो, किनकि अघिल्ला निर्वाचनका अङ्कगणित पृथ्वीसुब्बाको पक्षमा थिएन । लमजुङमा कहिले एमाले त कहिले नेपाली कांग्रेसका उम्मेवदार विजयी हँुदै आएका थिए । २०७९ को निर्वाचनमा एमाले उम्मेदवार बन्नुभएका पृथ्वीसुब्बा विजयी बने । विगतका चुनावको अङ्कगणित… पुरा पढौ

ओलीले लिए प्रधानमन्त्रीको सपथ, २२ सदस्यीय मन्त्रिमण्डल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए। कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ। प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो। तीन वर्षअघि अर्थात्… पुरा पढौ

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै रिट दायर गरेका हुन् । रिट निवेदकहरुले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई… पुरा पढौ

जसले हानेका थिए डोनाल्ड ट्रम्पलाई गोली

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथ्यु क्रुक्स ट्रम्पकै राजनीतिक दल रिपब्लिकन पार्टीको सदस्य भएको खुलेको छ। स्थानीय मतदाता सूची हेर्दा आक्रमणकारी युवक रिपब्लिकन पार्टीको सदस्य रहेको खुलासा भएको हो। पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा उनी स्थानीय नर्सिङ होमको किचनमा काम गर्थे। शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो। गोली उनको दाहिने कान छेडेर गएको थियो। ट्रम्पको कान र अनुहारमा रगत बगेको थियो।… पुरा पढौ

संग्रहालयमा मिडटाउनको वृक्षरोपण

लायन्स क्लब अफ पोखरा मिडटाउनले शनिबार अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसर पोखरा १७, रातोपहिरोमा वृक्षारोपण गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत विरुवा रोपिएको अध्यक्ष लेखबहादुर केसीले बताए । सो अवसरमा क्लबका सदस्य र पदाधिकारीले विभिन्न जातिका ५० विरुवा रोपेका थिए । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ एमका गभर्नर चण्डीप्रसाद अर्यालले वृक्षरोपण सुरुआत गर्दै यसले वातावरण संरक्षण र मानव हितमा उल्लेख्य भूमिका निर्वाह गर्ने जनाए । उनले लायन्सका मान्यताहरु अवलम्बन गर्दै… पुरा पढौ

कविताः भानुलाई आह्वान

हे भानु !हटाऊ मनको कालो बादलउठाऊ अज्ञानताको घुम्टोपन्साऊ अनेकताका रेखाहरूमिलाऊ अनेकतामा एकतालेख फेरि सीता र रामका गाथाहरू !बाँध एउटा नभत्किने सेतुकिनभने अब फेरि खन्नु छतिर्खाएका काकाकुलहरूको प्यास बुझाउनेभावनाका इनारहरू । धेरै खनिए काव्य र साहित्यका कुवाहरूकविताका धारा र पाटी-पौवाहरूको त हिसाब छैनतर छन्द र अलङ्कारअनुप्रास र विभक्तिसन्धि र विच्छेदबर्खासितै सुक्यो,अर्को हिउँदमाहलन्त र विसर्गलाईबेहोस पार्नेइन्द्रजीत फेरि देखा पर्ने छ । हे रवि !अझै एउटा हनुमान जन्माउनपवन बन, नभए पनिकम से कम… पुरा पढौ

शोकमा डुब्यो पुरुन्चौर, किशोर पवनले गुमाए ६ आफन्त

पोखरा महानगरपालिका वडा नं १९ पुरुन्चौरको तल्लाकोट ७ जना र पोखरा–३२ चैनपुरमा ३ गरी पोखरा महानगरमा बाढी, पहिरोले १० जनाको ज्यान गएको छ । एकै परिवारका ६ सहित ७ जनाको ज्यान गएपछि पुरुन्चोर बस्ती नै शोकमा डुबेको छ । पहिरोमा परी तल्लाकोट निवासी ४७ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लक्षिमा परियार, १५ वर्षीय प्रशना परियार, २० वर्षीय प्रभा परियार, २५ वर्षीय अस्मित परियार र राधिका परियारले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं