
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए।
कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ। प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो।
तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए। सोही परमादेशले देउवालाई पाँचौपटक प्रधानमन्त्री बनाएको थियो।
यसपटक उनै देउवाको समर्थनमा ओली प्रधानमन्त्री बनेका छन्।
मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छः
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
विष्णु पौडेल, उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
रमेश लेखक, गृह
शरतसिंह भण्डारी, श्रम तथा रोजगार
आरजु राणा देउवा, परराष्ट्र
नवलकिशोर साह सुडी, महिला बालबालिका
बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी, युवा तथा खेलकुद
प्रदीप यादव, खानेपानी
प्रदीप पौडेल, स्वास्थ्य
अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
बद्री प्रसाद पाण्डे, पर्यटन
रामनाथ अधिकारी, कृषि
विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
मानवीर राई, रक्षा
दीपक खड्का, जलस्रोत तथा ऊर्जा
राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण