Author Archive

इन्जिनियर्स एसोसियसनको चुनावमा वामपन्थीको संयुक्त प्यानल

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकटका इन्जिनियरहरुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा ३ दल निकट इन्जिनियरहरुले संयुक्त उम्मेदवारी दर्ता गराएका हुन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र समाजवादी इन्जिनियरिङ एसोसिएसन (सिन) नेपालको तर्फबाट केन्द्रीय सदस्यमा राम चन्द्र पोखरेलको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभापतिमा महेन्द्रबहादुर गोदार,… पुरा पढौ

सिर्जनशील कलाकार समूहमा नयाँ नेतृत्व

सिर्जनशील कलाकार समूह कास्कीको २१ औं साधारणसभा तथा अधिवेशनले दलबहादुर(डिबी) गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा झविन्द्र गुरुङ, महासचिव हेमकान्ति गुरुङ, सचिव निशान थापा र कोषध्यक्षमा रिकबहादुर गुरुङ छन् । सदस्यमा देवेन्द्र गुरुङ, शिव सिर्पाली, युवराज लामिछाने, सुदिन श्रेष्ठ, सुरेन्द्र अधिकारी र बाबुराम बस्ताकोटी निर्वाचित भएका छन् । अजय श्रेष्ठको संयोजकत्वमा विश्वेश्वर पराजुली, लोकप्रसाद गुरुङ र बुद्धि गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ समिति… पुरा पढौ

चितुवाको आक्रमणबाट १४ बालबालिकाको मृत्यु

दमौली पछिल्लो ६ वर्षको अवधिमा तनहुँमा चितुवाको आक्रमणबाट १४ जना बालबालिकाको मृत्यु भएको छ । गत साउन ३ गते राति बन्दीपुर गाउँपालिका–५ फलामडाँडामा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु भएसँगै चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको हो । घर नजिकै बसेका बेला राति चितुवाको आक्रमणबाट १३ वर्षीय सुन्दर अछामीको मृत्यु भएको थियो । चितुवाको आक्रमणबाट घाइते उनलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र… पुरा पढौ

अम्बिकाको नयाँ तीजगीत सार्वजनिक (गीतसहित)

बाँडियो घर, बाँडियो खेतबाँडिएनन् आमाका दुःख बरी लै चेली र माइतीको सम्बन्धको पर्व तीज आउनुअघि नै तीजगीतहरु सार्वजनिक भइरहेका छन् । तीजमा आमाबा, दाजुभाइ हुनेहरु दुःख, संघर्ष र सुख माइती आएर साट्छन्, नहुनेले सुखदुःख साट्ने माध्यम तीजगीत बनेका छन् । सम्पत्ति बाँडिए पनि संघर्ष बाडिँदैन, गाउँठाउँ बन्जर हुँदै जाँदा आमाबाका दुःख पनि बाडिदैनन् । यही मर्मलाई तीजगीतमा ल्याएकी छन् अम्बिका भण्डारीले । बर्सेनि मौलिक तीजगीत बजारमा ल्याउने भण्डारीले यसपालि ‘बाँडिएन… पुरा पढौ

शब्द खेलमा रेन्बो प्रथम

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीले आयोजना गरेको शब्द खेल प्रतियोगिता पोखरा–१५ मा रहेको रेन्बो एकेडेमिक होम्स मावि प्रथम भएको छ । प्राथमिक तह स्तरीय प्रतियोगितामा दोस्रो बाल प्रभात मावि र तेस्रो केफ मावि बने । बिहीबार र शुक्रबार गरी दुई दिन भएको प्रतियोगितामा सबलाइम मावि, बेसलाइन मावि र जुनियर सिटिजन्स एकेडेमी सान्त्वना भएका छन् । हरेक विद्यालयका समूहमा तीन जना विद्यार्थी सहभागी थिए । प्रतियोगितामा विजयी विद्यार्थी… पुरा पढौ

गजल

तिमी सँग रम्ने रहरमा रहेछुर विद्रोह गर्नै नसक्ने भएछु । सिसा टुक्रिएझैँ छ मन टुक्रिएकोपुनः जोड्न मिल्दै नमिल्ने बनेछु कहर जिन्दगीको कहाँसम्म होलाम धर्ती हुनाले सहेरै बसेछु । बलेसी बनेका परेला पुछेरम गन्तव्य खोज्दै अगाडी बढेछु कदम रोक्नलाई निकै जोड गर्छन्म हिम्मत नहार्ने हरूमा परेछु । बहर: मुतकारिब मुसम्मन सालिम पुरा पढौ

कास्कीबाट डुलुवा लागे कन्याकुमारीतिर

बेला बेलामा देश, विदेशका पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको डुलुवा टोली बिहीबार बिहान कास्कीबाट कन्याकुमारी प्रस्थान गरेको छ । ‘के टु के’ को ब्यानरमा टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तमिलनाडु राज्यको समुन्द्री तटको सहर कन्याकुमारीसम्म पुगेर फर्किनेछ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख पिएस बेगलले डुलुवाका संयोजक योगेश भट्टराईलाई नेपाल र भारतको झन्डा हस्तान्तरण गरी बिदाइ गरे । १९ सदस्यीय टोली… पुरा पढौ

मानव बेचबिखन कम गर्न सचेतना

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामसँगको सहकार्यमा मानव बेचबिखन कम गर्न सचेतना कार्यक्रम गरेको छ । पोखरा–५, मालेपाटनमा रहेको वाराहि माविमा कक्षा १२ का ६० विद्यार्थीलाई मंगलबार प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की सामुदायिक शाखा इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकाहाले मानव बेचबिखनसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी,… पुरा पढौ

पोउवा संघको महाधिवेशन भदौ अन्तिम साता

पोखरा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारण सभा तथा ३५ औं अधिवेशनको मिति तय भएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको संघको २६ औं कार्यसमिति बैठकले भदौ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनअन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी प्रदान गरिएको छ। निजी क्षेत्रको प्रतिनिधिमूलक एवं पोखराको जेठो सामाजिक संस्थाको रुपमा परिचित संघको महाधिवेशन… पुरा पढौ

शिवालय माविमा अनियमितता भएको विद्यार्थी-अभिभावकको आरोप

पर्वतको सदरमुकाम कुश्मा नगरपालिका ६ स्थित शिवालय मावि बगैचाका विद्यार्थीले विद्यालयको खस्कदो शैक्षिक गुणस्तर र त्यहाँको आर्थिक भ्रष्टचारबारे खुलासा गरिदिएका छन् । विद्यार्थीले कुनै बेला देशकै नमूना बनेको शिवालय माविको खस्किदो शैक्षिक गुणस्तर र भएका आर्थिक भ्रष्टाचारबारे प्राधानाध्यापक भूपेन्द्र चापागाईलाई ८ बुँदे पत्र बुझाएका छन् । विद्यार्थीले शैक्षिक गुणस्तर वृद्धि गर्न भनी राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत नेपाल सरकारबाट प्राप्त रकमको प्रयोग गर्न ढिलासुस्ती आर्थिक अनियमिताकै कारण भएको दाबी गर्दै विज्ञान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं