Author Archive

‘भिर्नी झोलामा’की गायिका लामिछानेको तीजगीत (भिडियो)

बहुचर्चित लोकदोहोरी गीत 'भिर्नी झोलामा'की गायिका सरस्वती लामिछाने नयाँ तिज गीत 'सैनाले दिएको ऐना' लिएर आएकी छन् । लामिछानेको एकल स्वर रहेको गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने एरेन्ज कृष्ण केसीको रहेको छ । गीत गायिका लामिछानेको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गाउँली चेलीकोे व्यथालाई प्रस्तुत गरिएको छ । माइतीघरमा छँदा दुध र दही नखाएकी चेलीले घरमा मोही खाना नपाएको, श्रीमान जड्याहा परेको, सासूससुराले… पुरा पढौ

चाँदबाग स्कुल ७ दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाँसवारीस्थित चौधरी ग्रुपद्वारा सञ्चालित चाँदबाग स्कुल ७ दिनभित्र खाली काठमाडौं महानगरपालिकाले अल्टिमेटम दिएको छ । पहिले बाँसबारी छाला जुत्ता कारखाना उद्योग रहेको उक्त १० रोपनी सरकारी जग्गा आफ्नो नाममा ल्याएर चौधरी ग्रुपले चाँदबाग स्कुल चलाएको थियो । उक्त जग्गा अहिले सरकारीकरण भइसकेको छ । यो जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरिसकेको छ । सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद्काे माविस्तरीय हिज्जे प्रतियाेगिता

`भाषा सभ्यताको संवाहक हो´भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमुलक कार्य गर्दै आएको नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालले श्रावण २५ र २६ गतेका लागि आयोजना गरेको माध्यमिक तह स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । कास्की प्याब्सनको सभाहलमा सम्पन्न उक्त प्रतियोगिताबाट जम्मा सहभागी ५९ थिए । प्रतियोगितामा न्याश्नल इन्भे न्टिभ मावि प्रथम, भाष्कर मा.वि.द्वितीय, ग्लोबल कलेजियट… पुरा पढौ

यी हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना

एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ,… पुरा पढौ

पोखरा सेन्ट्रल सेन्चुरीको रक्तदान

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सेन्चुरीले बुधबार आयोजना गरेको रक्तदानमा ४२ युनिट रगत संकलन भएको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम नेपालका ब्लड डोनेसन डिपार्टमेन्ट हेड विष्णुप्रसाद सुवेदीले रिजन १ का रिजन चियर पर्सन लक्ष्मी कोइरालालाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए । ब्लड डोनेसन डिपार्टमेन्ट हेड सुवेदीले रगतको विकल्प रगत नै भएकाले समय समयमा रक्तदान गरी जीवन रक्षा गर्ने दायित्व निर्वाह गर्न आग्रह गरे । कार्यक्रममा क्लस्टर… पुरा पढौ

दुई साताभित्रै दोस्रो हवाइ दुर्घटना, ५ को मृत्यु

नुवाकोटको शिवपुरी गाउँपालिका ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले बताए । हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक हुन् । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९ एन एजेडी दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

बागलुङ पहिरोः ७ को मृत्यु, ४ बेपत्ता, ११ घाइते

सङ्केतिक तस्बिर बागलुङमा मंगलबार आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । यस्तै ११ जना घाइते छन् । मंगलबार सवा ११ बजे जिल्ला बागलुङ बडिगाड गाउँपालिका(१० आरुपाट स्थित चोक बहादुर बुढाको कच्ची घर र गोठ माथिबाट पहिरो आई बगाउँदा ५ जनाको मृत्यु भएको हो । यस्तै साढे १ बजेतिर वडिगाड गाँउपालिका(९ दर्लिङ काभ्राखर्क स्थतिमा सोहि स्थान बस्ने बर्ष २४ को गंगा बस्नेतलाई घर नजिकै… पुरा पढौ

तामाङ बौद्धमा डा दिनेश सम्मानित

तामाङ बौद्ध सेवा समिति पोखराले डा दिनेश स्याङबो तामाङलाई सम्मान गरेको छ । तामाङले इटालीको सियाना विश्वविद्यालयबाट फाइभ जी प्रविधिमा विधावारिधि हाँसिल गरेका छन् । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ लगायतले उनलाई सम्मान गरेका हुन् । कुलपति गुरुङले सक्षम व्यक्तिलाई देशमै अडिइरहने वातावरण सृजना अहिले पनि नभएको भन्दै चिन्ता जनाए । हरेक क्षेत्रमा नातावाद र कृपावाद हावी रहेको सुनाउँदै उनले लाखौं खर्चेर अनेकन संघर्षले अध्ययन सकेर देश फर्केका युवालाई… पुरा पढौ

आफ्नै पसलमा आगो लगाएर बिमा ठगी गर्न खोज्ने पक्राउ

बिमा ठगी गर्न आफ्नै पसलमा आगो लगाउने र त्यसमा सहयोग गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पोखरा ६ लेकसाइड नारेश्वरस्थित आफ्नै सपिङ सेन्टरमा आगो लगाउने पोखरा १७ निवासी २६ वर्षीय सुजन गहतराज र उनका साथी ४३ वर्षीय पवन नेपाललाई शनिबार पक्राउ गरेको थियो । गहतराजको मुक्तिनाथ सपिङ सेन्टरमा साउन १६ गते राति सवा २ बजे आगलागी भएको थियो । उनीहरुले पहिला… पुरा पढौ

पुसमा मर्दी बेस क्याम्पमा बेपत्ता स्वेडेनीको अवशेष फेला

माछापुच्छ«े गाउँपालिकामा पर्ने मर्दी हिमालको बेस क्याम्पमा शुक्रबार मानव अवशेष फेला परेको छ । अवशेष पुस १४ गतेदेखि सम्पर्कविहीन २२ वर्षीय माइकल लिउको भएको खुलेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको उल्लेख गर्नुभयो । “उहाँको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइल आदिको फोटो र भिडियोको आधारमा अवशेष लिउकै भएको पुष्टि गर्नु भएको छ,” थापाले भने । अवशेष ल्याउन आइतबार बिहान प्रहरी टोली त्यसतर्फ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं