बागलुङ पहिरोः ७ को मृत्यु, ४ बेपत्ता, ११ घाइते

सङ्केतिक तस्बिर

बागलुङमा मंगलबार आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । यस्तै ११ जना घाइते छन् ।

मंगलबार सवा ११ बजे जिल्ला बागलुङ बडिगाड गाउँपालिका(१० आरुपाट स्थित चोक बहादुर बुढाको कच्ची घर र गोठ माथिबाट पहिरो आई बगाउँदा ५ जनाको मृत्यु भएको हो । यस्तै साढे १ बजेतिर वडिगाड गाँउपालिका(९ दर्लिङ काभ्राखर्क स्थतिमा सोहि स्थान बस्ने बर्ष २४ को गंगा बस्नेतलाई घर नजिकै गोरेटो बाटोमा हिड्ने क्रममा माथिबाट पहिरो आई पुरी घटनास्थलमानै मृत्यु भएको छ ।

सोमबारै वडिगाड गाउँपालिका(९ बलघाँस स्थितमा बस्ने बर्ष १५ को विदान परियारको आफ्नै घर पछाडी माथिबाट पहिरो आई उक्त पहिरोमा पुरिएर मृत्यु भएको छ ।

बडिगाड पहिरोका मृतकहरु
१. बागलुङ बडिगाड गाउँपालिका-१० बस्ने बर्ष ७० की मोति देवी कामी ।
२. ऐ.बस्ने सिर्जना वि.क.को ६ महिना की छोरी सिता वि.क. ।
३. ऐ. बर्ष ०७ की मालती बुढा ।
४. ऐ. बस्ने बर्ष ०८ को अमल बुढा ।
५. ऐ. बस्ने बर्ष ११ की सिता पुन ।

घाइतेहरू :-
१. जिल्ला बागलुङ बडिगाड गाउँपालिका-१० बस्ने बर्ष २६ को ओम प्रकाश पुन (मध्यम) ।
२. ऐ. बस्ने बर्ष ४६ की संगिता बुढा ( अवस्था मध्यम)
३. ऐ. बस्ने बर्ष २३ की सिर्जना वि.क. (अवस्था मध्यम) ।
४. ऐ. बस्ने बर्ष ४३ को मंगल सेन बुढा (अवस्था मध्यम) ।
५. ऐ. बस्ने बर्ष १९ की रिमा पुन (अवस्था मध्यम) ।
६. ऐ. बस्ने बर्ष ६० की सुमित्रा वि.क. (अवस्था सिरियस) ।
७. ऐ. बस्ने बर्ष ७८ को जोग बहादुर बुढा (अवस्था सिरीयस) ।
८. ऐ. बस्ने बर्ष ५१ को ससिराम वि.क. (अवस्था मध्यम) ।
९. ऐ. बस्ने बर्ष ०९ को ज्ञाने बुढा (अवस्था मध्यम) ।
१०. ऐ. बस्ने बर्ष ३१ की सिता थापा (अवस्था मध्यम) ।
११. ऐ. बस्ने बर्ष ५० की जैमती बुढा (अवस्था सामान्य) ।

बेपत्ताहरु :-
१. जिल्ला बागलुङ बडिगाड गाउँपालिका-१० बस्ने बर्ष ०७ की मधु बुढा ।
२. ऐ.बस्ने बर्ष १० को मनोज बुढा ।
३. ऐ.बस्ने बर्ष ०३ को आरुष थापा ।
४. ऐ.बस्ने बर्ष ११ को यमलाल वि.क.।