तामाङ बौद्ध सेवा समिति, संगमटोल १३ पोखराको माताहातमा रहेको कोकम्हेन्दो पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरिएको छ ।
शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले विभिन्न दाताहरुबाट संकलित पुस्तक पुस्तकालयका संयोजक दिपक बाईवा तामाङलाई हस्तान्तरण गरेका थिए । गुरुङले पुस्तकालय प्रतिष्ठानको कार्यक्षेत्र भित्र पर्ने भएकाले सक्दो सहयोग गर्ने बताए ।
पछिल्लो समय युवा पुस्ता आफ्नो भाषा, संस्कार संस्कृति र परम्पराबारे अध्ययनm अनुसन्धानमा अत्यन्तै कम रुचि बरु मोबाइल फोन र अन्य ग्याजेटको दुरुपयोगले पश्चिमा संस्कारको पछि होडका साथ लागिपरेकोमा चिन्ता व्यक्त गरे । यसले पुस्तक अध्ययनको संस्कारमा ह्रास आएको उनको भनाइ छ ।
कोकोम्हेन्दो पुस्तकालय २०६० सालमा कृष्ण लोप्चन तामाङको संयोजकत्वमा स्थापना भएको । तर विविध कारणवश लामो समयदेखि संचालन हुन नसकिरहेकोमा अब पुन सुचारु गर्नुको उद्देश्यमाथि प्रकाश पारे । तामाङले विद्यालयमा गएर औपचारिक शिक्षा लिनुलाई मात्र पढाई भन्ने मानसिकता रहेको र त्यसलाई चिर्न पुस्तकालयले मद्दत पुग्ने बताए ।
यो वर्ष पुस्तकालयमा १ हजार पुस्तक पुर्याउने लक्ष्य छ । २०६९ असोजमा तत्कालिन जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ र सदस्य दिपक वाईबा तामाङको पहलमा आदिवासी जनजाति जिल्ला समन्वय समिति कास्की, प्राडा तारा बरालबाट १ सय थान पुस्तक, धनराज डिम्डुङ तामाङ, ओम स्याङ्बो तामाङ, कुमार योञ्जन तामाङ, आशबहादुर लोप्चन तामाङ, टेक योञ्जन तामाङ, प्रतापबहादुर वाईबा तामाङ, सोनु योञ्जन तामाङ, शान्ति गोम्देन, सविना तामाङ, मुना स्याङ्बो तामाङ, आस्था वाईबा तामाङ, सोनाल लोप्चन तामाङ, विजय स्याङ्बो तामाङ, रवी योञ्जन तामाङ, किरण गुरुङ, धनजीत वाईबा तामाङ, हिमाल राना मगर, राम ब्लोन तामाङ, निरा लामा स्याङ्दान तामाङ लगायतले पुस्तक खरिदका लागि आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय कावा अध्यक्ष कुमबहादुर योञ्जन तामाङ, नेपाल तामाङ घेदुङ पुर्व केन्द्रिय सल्लाहकार प्रताप वाईबा तामाङ, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष रामबहादुर ब्लोन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ, बौद्ध सेवा समितिका अध्यक्ष विष्णु तामाङ लगायतले बोलेका थिए।
पुस्तकालय संयोजक दीपक वाईबा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ब्लोन तामाङ, पुस्तकालयका सह–संयोजक धनराज डिम्डुङ तामाङ लगायतले बोलेका थिए ।




