Author Archive

प्रशासनलाई नै ठग्यो मारवाडीले, २ लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ४ चिप्लेढुङ्गामा रहेको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाइ पोखरामा भएको लागुऔषधसम्बन्धी अन्तरक्रियाको खाजा अर्डर गरिएभन्दा कम मात्रामा पाइएपछि प्रशासनले कारवाही गरेको हो । प्रशासनले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ (ख) बमोजिमको कसूरमा मारवाडी भोजनालयलाई जरिवाना गरेको हो । यो कसूर गरे… पुरा पढौ

भलाममा सेभेन ए साइड फुटबलको तयारी

श्रृङ्खला क्लब पोखरा–२०, भलाम–मौजाको आयोजनामा यही कात्तिक ५ गतेबाट नवौं सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पहिलो हुनेले नगद १ लाख ३१ हजार १ सय ११ र दोस्रो हुनेले ६५ हजार १ सय ११ रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । २०८१ को दसैं तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगिता भलामको पाटनमा हुनेछ । क्लब अध्यक्ष दिनेश बस्नेत स्थानीय स्तरबाट राष्ट्रिय खेलकुदको विकासमा टेवा… पुरा पढौ

मुक्तकमा गाउँ र प्रवासको खबर

कोही युरोप, अमेरिक, मलेसिया, कतारामा छौंयुवा शक्ति सकेसम्म देश छाड्ने हतारमा छौंमलिला ती खेतबारी बाँझै चौर बनाएरअझै हामी अर्कैको देश धनी पार्ने रफ्तारमा छौं । नाता अनि सम्बन्ध त पुल जस्तै हुनुपर्छसम्बन्ध त सधैं सङ्लो मूल जस्तै हुनुपर्छजता फाइदा उतै झुक्ने सूर्यमुखी हुनुहुन्नसम्बन्ध त बाह्रैमासे फूल जस्तै हुनुपर्छ । शकुन ज्ञवालीका मुक्तकले भने जस्तै विमानस्थलबाट उड्नेहरु बर्सेनि बढिरहेका छन् । गाउँहरु वृद्धाश्रम जस्ता बन्दै छन् । सहरहरुमा पनि युवाको संख्या… पुरा पढौ

पोखरा ८ को गिरी डहरमा चल्यो डोजर

पोखरा ८ गिरी डहरमा अतिक्रमित सडक खोलिएको छ । आइतबार पोखरा महानगरपालिकाले नक्सामा रहेको बाटोमा लामो समयदेखि अतिक्रमण गरी निर्माण गरिएको करिब २ सय मिटर क्षेत्रक संरचना हटाएको हो । गिरी डहरमा २०३२ सालको नापी नक्सामा समेत छुट्टिएको बाटो व्यक्तिले अतिक्रमण गरी आवतजावत अवरोध गर्नुका साथै घरको कम्पाउन्ड निर्माण गरेका थिए । जसका कारण बाटो अतिक्रमणमा परेको थियो भने बाटोको भागमा पर्खाल निर्माण गरिएको थियो । नक्सामा बाटो रहेको, सहज… पुरा पढौ

गण्डकी टेक्निकल इन्स्टिच्युटमा यही वर्षबाट ब्युटी एन्ड कस्मेटोलोजी पढाइने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी )ले नेपालमा नै पहिलो पटक सञ्चालन गर्न लागेको ३ बर्षे डिप्लोमा तहको कार्यक्रम व्युटि एण्ड कस्मेटोलोजी पोखराको गण्डकी टेक्निकल ईन्स्टिच्युट जीटीआईमा यहि वर्षबाट सुरु हुने भएको छ । जिटिआईले शनिवार पोखरामा सिटिईभीटिका अध्यक्ष, पोखराका वरिष्ठ सौन्दर्यविद, सौन्दर्यकर्मी तथा सञ्चारकर्मीहरुसँग व्युटि एण्ड कस्मेटोलोजी कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराएको हो । जीटीआई पोखराको आयोजना तथा गुरुङ ब्युटी पार्लर एण्ड… पुरा पढौ

अन्तर्राष्ट्रिय बलुन फेस्टिवलको गुडविल एम्बेस्डरमा राजेश र प्रियंका

अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए । साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए । नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो… पुरा पढौ

पर्यटन मन्त्री-आन्दोलनरत क्याभिन क्रुबीचकाे वार्ता सकारात्मक

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गर्नु भएकाे छ। विमान परिचालकहरुको आन्दोलन पछि उडान रद्द हुँदा दुबई र हङकङका दुई वटा उडान रद्ध भएका थिए ।४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक /परिचारिका ) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गर्नु भएको… पुरा पढौ

गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत सार्वजनिक

नेपाल गीति साहित्यमा आफ्नो अलग्गै पहिचान बनाएका गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत" जहाँ जहाँ" सार्वजनिक भएको छ। बडादशैको अवसर पारेर सार्वजनिक भएको यस गीतमा शब्द होमनाथ न्यौपाने , संगीत अजय तामाङ ,स्वर अस्मिता अधिकारी र भुगोल आर दाहालको रहेको छ। स्वच्छ प्रणय भावले ओतप्रोत भएको गीतको म्युजिक भिडियो पनि स्तरीय छ। https://youtu.be/o-yDoipr8-w?si=HfZTpHvWYdhyYWQ2 पुरा पढौ

मुस्ताङचोकमा ग्यास्ट्रो केयर पोलिक्लिनिक

पोखराको मुस्ताङचोकमा शुक्रबारबाट ग्यास्ट्रो केयर एन्ड मल्टी स्पेसियालिटी पोलिक्लिनिक सञ्चालनमा आएको छ । ७ वर्षअघि पोखराको नागढुंगाबाट सेवा सुरु गरेको पेट तथा कलेजो रोग उपचार केन्द्र (ग्यास्ट्रो केयर) थप सुविधासहित आफ्नै सुविधासम्पन्न भवनमा सरेको हो । काठमाडौँ विश्वविद्यालयबाट पेट तथा कलेजो रोगमा डिएम गर्नुभएका प्राडा सुवास भट्टराईले सञ्चालन गरेको पोलिक्लिनिकले चाँडै बालरोग, मुटुरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट पनि सेवा दिने योजना बनाएको छ । प्राडा भट्टराई मणिपाल टिचिङ… पुरा पढौ

चाउथेमा तामाङ घेदुङ कास्कीको बहुउद्देश्यीय भवन बन्दै

नेपाल तामाङ घेदुङ कास्कीले पोखरा १४ चाउथेमा बहुउद्देश्यीय भवन बनाउने भएको छ । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, घेदुङ संघीय उपाध्यक्ष दीपक वाईबा तामाङ र घेदुङ जिल्ला अध्यक्ष भक्त तामाङले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन् । कार्यक्रममा गुरुङले बहुउद्देश्यीय भवनको जग हालिए पनि विनियोजित बजेट भवन सम्पन्न गर्नका लागि पर्यप्त नहुँदा विभिन्न निकायमा पहल गर्न आग्रह गरे । आदिवासी समुदायले हिजोदेखि आज सम्म पनि देश बिदेशमा हुने आफन्तसँग आर्थिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं