Author Archive

मरिसभिलमा साहित्यिक कार्यक्रम

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अमेरिकाले सुक्रबार साँझ मरिसभिल शहरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममानेपालबाट अमेरिका भ्रमणमा आएका गीतकार एवम् समालोचक डा ढुण्डीराज पहाडीले अमेरिका भित्रको नेपाल देखेर आफूलाई खुशी लागेको बताए । नेपाली पुगेका सबै ठाउँमा नेपाली भाषा, संस्कृति, साहित्य पुगेको उल्लेख गर्दै उनले देशभित्र र बाहिर दुवैतिरको साहित्य नसमेटी नेपाली साहित्यको अध्ययन गर्न नसकिने उल्लेख गरे । कार्यक्रममा ईश्वर देवकोटा, , नगेन्द्र न्यौपाने , डा ऋषि बस्ताकोटी… पुरा पढौ

रविलाई अदालत लगिँदै, रास्वपा र सहकारीपीडित दुवैले प्रदर्शन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । पक्राउ परेको तेस्रो दिन अदालत उपस्थित गराउन लाग्दा रास्वपा नेता, कार्यकर्ता र सहकारीपीडित आमनेसामने हुने अवस्था आइपरेको छ । देशका विभिन्न ठाउँबाट रास्वपाका नेता, कार्यकर्ता पोखरा आई शनिबार विरोध प्रदर्शन र र्याली निकाल्ने र सरकारी पीडितले समेत भेला गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत… पुरा पढौ

विरूवा सहकारीमा शिवरामको नेतृत्व

विरूवा बचत तथा ऋण सहकारी पोखरा–१७ को अध्यक्षमा शिवराम भण्डारी चुनिएका छन् । शनिबार भएको सहकारीको १३ औं साधारणसभाले भण्डारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चुनेको हो । भण्डारी यसअघि उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा हरिशचन्द्र रेग्मी, सचिव सुमित्रा लम्साल र कोषाध्यक्षमा घनश्याम शर्मा छन् । सदस्यहरुमा द्रोणराज महत, पदमबन्धु पोखरेल, मञ्जु गुरुङ, पार्वती पोखरेल, शशिकमला लामिछाने, राधिका शर्मा र मित्रलाल तिवारी निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा कमलप्रसाद… पुरा पढौ

रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले पौने ८ बजे पक्राउ पुर्जी बझेर कागजमा हस्ताक्षर गरेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई गाडीबाट पोखरा ल्याइँदै छ । पक्राउको अनुमति… पुरा पढौ

रविले भने: सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?तिमी र तिम्रा नेता मिलेर सहकारी बाट… पुरा पढौ

रवि पक्राउ पर्ने चर्चाले तरंग

पोखरा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाले देशभर तरंग आएको छ । त्यसैलाई लक्षित गर्दै शुक्रबार विपक्षी दलहरुको बैठकसमेत भएको छ । सरकारले लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने विपक्षी दलहरुले बताएका छन् । बिहीबार भएको टिआरसीबारेको बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेका थिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी लिन… पुरा पढौ

बागलुङमा शकुन सम्मानित

साहित्यकार एवं गायिका शकुन ज्ञवालीलाई बुधबार बागलुङमा सम्मान गरिएको छ । सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेशले ज्ञवाली नेपाली साहित्य र संगीत क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो । बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’, अग्रज साहित्यकारद्वय प्रेम छोटा र काजीरोशन र संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले उनलाई सम्मान गरेका हुन् । कार्यक्रममा मेयर श्रेष्ठले साहित्य, संगीतले चेतनाको विकास र सभ्यताको उन्नयनमा समेत… पुरा पढौ

५ रसियन पर्वतारोहीको शव सातादेखि धौलागिरी हिमालमै

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । “हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको… पुरा पढौ

डेंगुको विरामीले अस्पताल भरियो, भुइँमा राखे उपचार गरिँदै

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ । विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाई भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।… पुरा पढौ

विजयदशमीको साइत ११ः३६ बजे

वि.सं. २०८१ को बडादशैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ ।  टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  असोज ४… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं