नर्थ क्यारोलाइना नेपाली साहित्य समाज अमेरिकाले सुक्रबार साँझ मरिसभिल शहरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममानेपालबाट अमेरिका भ्रमणमा आएका गीतकार एवम् समालोचक डा ढुण्डीराज पहाडीले अमेरिका भित्रको नेपाल देखेर आफूलाई खुशी लागेको बताए । नेपाली पुगेका सबै ठाउँमा नेपाली भाषा, संस्कृति, साहित्य पुगेको उल्लेख गर्दै उनले देशभित्र र बाहिर दुवैतिरको साहित्य नसमेटी नेपाली साहित्यको अध्ययन गर्न नसकिने उल्लेख गरे ।
कार्यक्रममा ईश्वर देवकोटा, , नगेन्द्र न्यौपाने , डा ऋषि बस्ताकोटी , मोहन पहाडी, जीतमान बस्नेत लगायतले नेपाली समुदायले आफ्नो भाषा , संस्कृति , साहित्य र संगीतको संरक्षण र जगेर्नाका निम्ति भए गरेका प्रयासबारे प्रकाश पारेका थिए । उनीहरुले आआफ्ना साहित्यिक रचना समेत वाचन गरेका थिए ।
त्यसैगरी डा निलम कार्की निहारिका, शिखर दुलाल, शिव पलाँस , तिला धमला, प्रशून पहाडी, भक्तराज पोखरेल, भगवती न्यौपाने, देवका धमला, प्रभा पोखरेल लगायतले पनि सिर्जना वाचन गरेका थिए ।
संस्थाका अध्यक्ष शिखर दुलालको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रभा पोखरेलले सञ्चालन गरेकी थिइन् ।