Author Archive

रवि र छविमाथि ३ अभियोगमा अनुसन्धान जारी

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा कास्कीमा अनुसन्धान गर्दै छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौैंबाट पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशीलाई बिहीबार कास्की जिल्ला अदालतले थप सात दिन… पुरा पढौ

वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई अब १० लाख क्षतिपूर्ति

वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने भएका छन् । यस अघि ७ लाख पाउँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख बढाएर १० लाख पुर्याउने निर्णय भएको मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यो निर्णय भएको जानकारी गराए । उनका अनुसार यदि वैदेशिक रोजगारीमा गएको कुनै पनि व्यक्ति बिरामी… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका– ८, बगालेफाँटका ४८ वर्षीय राम बहादुर खनाल रहेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब)ले उनलाई शुक्रबार काठमाडौँको पानीपोखरीबाट पक्राउ गरेको हो ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत प्रतिवादी रहेको उक्त सहकारीमा रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी खनाललाई… पुरा पढौ

मुस्ताङमा अमेरिकी र भारतीय नागरिकको मृत्यु

मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।  मुक्तिनाथ मन्दिर दर्शन गरी… पुरा पढौ

रवि र छविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने… पुरा पढौ

रविसहित १२ विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न… पुरा पढौ

रवि र छवि थप ७ दिन थुनामा

सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो । कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई यसअभि अदालतले ६ दिन म्याद थपेको थियो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई… पुरा पढौ

रवि र छविलाई अदालत लगिँदै, पीडित र रास्वपा दुवैले प्रदर्शन गर्दै

आज पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रुपमा लगी ठगीमा संलग्न भएको आरोप छ । रविलाई कात्तिक २ गते र जोशीलाई असोज ६ गते राजधानीबाट प्रक्रा गरिएको थियो । उनीहरु दुुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुन् । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न… पुरा पढौ

पोखराकाे जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने

पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट निमित्त प्रादेशिक प्रमुख रञ्जना के.सिले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार कम्पनीले महानगर क्षेत्रका कृषकहरूले उत्पादन गरेको स्थानीय रैथाने… पुरा पढौ

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न पत्राचार

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रकम अपचलन भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं