Author Archive

समाजवादी आन्दोलनमा प्रगतिशील साहित्यको भूमिका खोजी

नेपालका वामपन्थी हुन् कि प्रजातान्त्रिक शक्ति, सबै समाजवादी आन्दोलनमा अघि बढ्ने बताउँछन् । समाजवाद कस्तो हुने र त्यसमा कुन क्षेत्रको भूमिका कस्तो रहने भन्नेबारे छलफल भने हम्मेसि हुँदैन । गएको बुधबार माहेन्द्री प्रगतिशील सांस्कृतिक संगम रुपा १ स्यास्त्रीमा समाजवादी यात्रामा साहित्यको भूमिका र महत्वबारे बिमर्श गरिएको छ । कार्यक्रममा वामपन्थी नेता झलकपाणि तिवारीले सामाजवादी आन्दोलनलाई नेपालको संविधानले लक्ष्य मानेको उल्लेख गर्दै समाजवादको खाका र त्यसतर्फको यात्राको तयारी गर्नुपर्नेमा जोड दिए… पुरा पढौ

मर्दी छेउमै राखियो सुदीप गौतमको शालिक

२०७९ भदौ १४ गते मर्दी हिमाल छेउछाउका बस्तीमा सन्नटा छायो । त्यो दिन विश्वभर मर्दी हिमाल पदयात्रालाई चिनाउन योगदान गर्ने सुदीय गौतमको आकस्मिक निधन भएको थियो । सुदीपलाई भौतिक रुपमा गुमाएको दुई वर्षपछि उनको कर्मकै कारण थप परिचित बनेको मर्दी छेउमै उनको कर्ध कदको शालिक स्थापना गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदारसिंह डाँडामा युवा पर्यटन व्यवसायी गौतमको शालिक राखिएको हो । युवा… पुरा पढौ

दक्षिण कोरियाली लेखक हान काङलाई नोबेल साहित्य पुरस्कार

मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ ।  स्विडिश एकेडेमीले भनेको छ, “५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि उहाँलाई नोबेलबाट सम्मानित गरिएको हो ।” लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा… पुरा पढौ

दसैं, तिहारमा यसरी खानुस्

नेपालीका ठूला पर्व दसैं, तिहार आउँदै छन् । दसैं, तिहारमा लामो सार्वजनिक बिदा हुने हुँदा यो समयमा विदेसमा काम गर्नेहरु घर फर्किन्छन् । अन्य ठाउँमा काम गर्नेहरु पनि घर आउँछन् । चाडपर्वका बेला नेपालका सुनसान गाउँहरु पनि गुलजार हुन्छन् । दसैंमा मासु धेरै खाइने, चिप्लोचाप्लो र फ्राइ गरेका चिज बढी खाइन्छ । सिंगै खसी नै घरमा ल्याएर, ढालेर, १०, १२ दिनसम्म निरन्तर मासु खाने हाम्रो प्रचलन छ । मासु र… पुरा पढौ

पोखरा महानगरले किन्यो ब्रुमर, सडकको धूलो मेसिनबाट सफा गरिने

पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक अव ब्रुमरले सफा गर्ने छ । सो का लागि महानगरपालिकामा सफा गर्ने स्वीपर मेसिन (ब्रुमर) ल्याएको छ । मेसिनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गर्नुभयो । नगर प्रमुख आचार्यका अनुसार ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ । महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि सडकको… पुरा पढौ

दसैँमा यस्तो रहनेछ मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी… पुरा पढौ

लेकसाइडको द वल्ड लान रेष्टुरेन्टलाई २ लाख जरिवाना

पोखरा ६ लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अधिकतम खुद्रा मूल्यभन्दा चौबर बढी मूल्य लिएको पाइएपछि द बल्ड लानलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड ख बमोजिम जरिवाना गरिएको प्रशासनले जनाएको छ । यो कसूर गरे… पुरा पढौ

पोखरा आइपुग्यो ‘खबरमा छु प्रिय’

साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह खबरमा छु प्रियमाथि सोमबार पोखरामा परिचर्चा गरिएको छ । परिचर्चाकार असफल गौतमले १ सय ८२ वटा मुक्तक रहेको पुस्तकका मुक्तकहरुले सामाजिक विकृतिको चिरफार, देशको माया र प्रवासमा पनि देश मुटुमा बोक्नेहरुका संवेदना बोेकेको जनाए । गौतमले भने, ‘शकुनका मुक्तकहरु पाठकमा कौतुहलता जगाउने खालका छन् । र समष्टिमा उनको लेखनमा देश छ, देशको माया छ, परदेशबाट सम्झिएको देशका झझल्काहरु पनि छन् ।’ खबरमा छु प्रिय !… पुरा पढौ

युआरएल अध्यक्षमा ठाकुर, गणेश प्रबन्ध निर्देशक

गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को छैटौ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । युआरएल सञ्चालक समिति अध्यक्षमा र ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् । सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् । अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ । युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा… पुरा पढौ

रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा महेश भण्डारी

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्। मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए। उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं