समाजवादी आन्दोलनमा प्रगतिशील साहित्यको भूमिका खोजी

नेपालका वामपन्थी हुन् कि प्रजातान्त्रिक शक्ति, सबै समाजवादी आन्दोलनमा अघि बढ्ने बताउँछन् । समाजवाद कस्तो हुने र त्यसमा कुन क्षेत्रको भूमिका कस्तो रहने भन्नेबारे छलफल भने हम्मेसि हुँदैन । गएको बुधबार माहेन्द्री प्रगतिशील सांस्कृतिक संगम रुपा १ स्यास्त्रीमा समाजवादी यात्रामा साहित्यको भूमिका र महत्वबारे बिमर्श गरिएको छ ।

कार्यक्रममा वामपन्थी नेता झलकपाणि तिवारीले सामाजवादी आन्दोलनलाई नेपालको संविधानले लक्ष्य मानेको उल्लेख गर्दै समाजवादको खाका र त्यसतर्फको यात्राको तयारी गर्नुपर्नेमा जोड दिए । उनले समाजवादसम्म पुग्नका लागि प्रगतिशील साहित्यले ऊर्जा, खबरदारी र पहरेदारको भूमिका निर्वाह गर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य पारसमणि पौडेलले प्रगतिशील लेखक÷कलाकारको भूमिका संघीय लोकतान्त्रिक गणतन्त्र पहिलेभन्दा अझ बढी हुने भनाइ राखे । गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले समाजवादी आन्दोलनमा प्रगतिशील र प्रगतिवादी साहित्यकारका अनेक भूमिका हुने विचार राखे ।

कार्यक्रममा चन्द्रबहादुर विक, रिदम पौडेल, रमेश लामिछाने, सुशील अधिकरी र इन्दिरा खनालले कविता सुनाएका थिए ।

श्रीकान्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लालजंग दुरा र बद्री पौडेलले पनि बोलेका थिए । कार्यक्रममा स्थानीय बुद्धिजीवी रामचन्द्र पौडेल, सत्यराज सुवेदी, रविन्द्र घिमिरे, राजकुमार घिमिरे, रामकृष्ण घिमिरे, रामभक्त पौडेल, सहिद चन्द्र खनालकी पत्नी राधिका लगायत उपस्थित थिए ।