Author Archive

आज कस्ताे रहला माैसम ?

देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्र्तगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान… पुरा पढौ

हालसम्म बाढी-पहिरोमा ८७ को मृत्यु, ७२ बेपत्ता

भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट शनिबार बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ। त्यस्तै ७२ जना बेपत्ता छन्। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु भएको पुष्टि गरे। बाढी-पहिरोमा परेर ३६ जना घाइते भएका छन्। न्यौपानेका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको हो। यस्तै कोशी प्रदेशमा १०… पुरा पढौ

शिशुवामा युआरएलको शिविर, पौने ४ सय जनाको जाँच

आउँदै गरेका नेपालीका चाडपर्व दसैं, तिहार लगायतको सन्दर्भमा पोखराको शिशुवामा युआरएल फाउन्डेसनले शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । युआरएल शिशुवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ सय ७५ जनाले सेवा लिएका छन् । शिविरमा थाइराइड, बाथरोग र रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचको शुल्कमा आधा छुट दिइएको थियो । कार्यक्रमाम वरिष्ठ फिजिसियन डा राजेन्द्र पौडेल नसर्ने रोगहरु बढ्दै गएको जनाउँदै सचेतना… पुरा पढौ

जसले नेपालका हिमालका फोटो १८१ पटक रुसमा प्रदर्शन गरे

चौरासी वर्षको हुँदा हिन्दू समाजमा भव्य रुपमा चौरासी पूजा गर्ने गरिन्छ । यो उमेर नातिनातिना हेर्दै घरमा आराम गर्ने हो । नेपालबाट चार हजार किमी टाढा रहेको रुसको सामराका बासिन्दा युरी रोडिचेभमा भने यो लागू हुँदैन । ८४ वर्षीय रोडिचेभ अहिले पोखरामा हुनुहुन्छ । श्रीमतीका साथ नेपाल आउनुभएका उहाँको पुस्तक ‘द हिमालयज’ शनिबार पोखरामा सार्वजनिक हुँदै छ । नेपालका हिमाल हेर्न र चाहे जस्ता तस्बिर खिच्न उहाँ अहिलेसम्म ३२ पटक… पुरा पढौ

रिडर्स कर्नरमा दसैं किताब मेला

किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दसैं किताब मेला सुरू भएको छ । पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो । यसअघि पनि रिडर्स कर्नरले पाठकलाई किताब खरिद गर्दा छुट दिँदै आएको छ । ‘आठौँ रिडर्स अर्पचुनिटी मेला’ नाम दिइएको किताब मेलामा पाठकहरूले नेपाली, अंग्रेजी, हिन्दी भाषामा लेखिएका विविध विधाका किताब खरिद गर्न सक्ने छन् । १ हजार ९ सय ९९ रूपैयाँसम्मको… पुरा पढौ

बाढीपहिराेले देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो ।  प्रहरीले सबै निकायको समन्वयमा उद्धार… पुरा पढौ

माथिल्लो मनाङमा हिमपात

देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो । हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा… पुरा पढौ

त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिपर बगाएको… पुरा पढौ

धादिङमा पहिरोमा २ बेपत्ता

syombolic pix वर्षासँग आएको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुई जना चेपाङ र खोलाले बगाएर एक जना बालिका बेपत्ता भएका छन् । भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए । नदीमा माछा मार्न जान लागेका उनीहरु पानी परेपछि गजुरी गाउँपालिका… पुरा पढौ

जनयुद्धले हुर्काएकी योद्धाको अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्षमा उम्मेदवारी

प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले अनेरास्ववियु ( क्रान्तिकारी)को तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो त्यही आधार इलाका वरिपरि उनको बाल्यकाल बित्यो । लाहाचोकको उनको घर तत्कालीन माओवादीको सम्पर्क स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर पनि थियो। माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे उनको घरमा । उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं