Author Archive

युरिक एसिड सित्तैमा, थाइराइडमा ५० % र अन्य जाँचमा ३० % छुट

गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले चाडपर्व लक्षित विशेष छुट योजना ल्याएको छ । बिहीबारदेखि कत्तिक महिनाभर यो योजना लागू हुनेछ । यो अवधिमा युआरएलको मुख्य कार्यालय सभागृहचोकसहित २० शाखामा युरिक एसिडसम्बन्धी जाँच सित्तैमा गरिनेछ । सेवाग्राहीको सुविधाका लागि युआरएलले थाइराइडसम्बन्धी रगत जाँचमा ५० प्रतिशत र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिने भएको छ । विश्वकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष र अनुभवी… पुरा पढौ

अमेरिकाको हेम्स्टेड टाउनमा फहरायो नेपाली झन्डा, पोखरा भ्रमणको निम्तो

अमेरिकाको न्यूयोर्क लङ आइल्याण्डमा अवस्थित हेम्स्टेड टाउनको कार्यलयमा नेपालको संबिधान दिवसको अवसर पारेर हेम्स्टेड टाउनका प्रमुख डोन क्लेबिन र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्युबाट संयुक्त रूपमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । पेखराका मेयर धनराज आचार्य र कोर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिकाका अध्यक्ष बावुराम शर्माले टाउन अफ हेम्स्टेडका सुपरवाइजर डन केल्विनलाई नेपाली टोपी लगाइ सम्मान गरे । जनसम्पर्क समितिको तर्फबाट नगर प्रमुख धनराज आचार्य लगायतलाई पन्चे बाजा बजाइ स्वागत… पुरा पढौ

सुपर एप बन्दै पठाओ

नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले  ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए । “हाल सेयर राइडका साथै फूड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि… पुरा पढौ

“निलाञ्जला” लिएर आइन् निलाञ्जला भारद्वाज

समकालीन मुक्तककी सशक्त प्रतिभा निलाञ्जला भारद्वाजको पहिलो मुक्तक कृति शनिबार सार्वजनिक भएको छ । मुक्तकालय नेपालले काठमाडौंमा आयोजना गरेको भव्य समारोहमा कृति अग्रज गीतकार यादव खरेल, गजलकार ज्ञानुवाकर पौडेल, सञ्चारकर्मी अच्युत घिमिरे, मुक्तक मञ्च काठमाडौं अध्यक्ष राजेन्द्र घिमिरे, घुम्तिमा मुक्तकका अध्यक्ष निर्मलरमण पराजुली, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई लगायतले सार्वजनिक गरेका हुन् । नेपाली मुक्तको विकासमा प्रतिवद्ध मुक्तकालय नेपालकी अध्यक्षसमेत रहेकी… पुरा पढौ

प्रदेश सरकारविरुद्ध कर्मचारी र निर्माण व्यवसायीका मुद्दा धेरै

प्रदेश स्थापनाको सात वर्षमा गण्डकी सरकारले एकातिर कानुनको अभाव झेलेको छ भने अर्कातिर मुद्दाहरुको उल्झन पनि व्यहोरेको छ । गत वर्ष सरकारविरुद्ध ४६ नयाँ मुद्दा परेका थिए । अघिल्ला आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका मुद्दाको सङ्ख्या एक सय ४० छ । प्रदेश सरकारविरुद्ध परेका अधिकांश मुद्दा उच्च अदालत पोखरा, सर्वाेच्च अदालत, जिल्ला अदालत नवलपुर, संवैधानिक अदालतमा गण्डकी सरकारविरुद्ध मुद्दा विचाराधीन छन् । गण्डकी सरकारविरुद्ध सबैभन्दा धेरै मुद्दा भने कर्मचारीबाटै परेका छन्… पुरा पढौ

संसद अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेबाट अन्त्य गरेका हुन् । सोमबार बसेको गण्डकी प्रदेशसभाले पाँच कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ । भदौ २१ गतेमात्र प्रदेश सरकारले केही गण्डकी प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । उक्त विधेयकमाथि १ दिनमात्र छलफल गरी प्रदेश सभाले सोमबार पारित गरेको हो । सदनमा… पुरा पढौ

सहकारी ठगी: छविलाई ५ दिन म्याद थप, रवि निगरानीमा

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो। प्रहरीले जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो। विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा संलग्नता रहेको भन्दै… पुरा पढौ

वडा कार्यालयमा नगद २ लाखसहितको झोला फेला

आइतबार पोखरा महानगरपालिका वडा नं। १३ भद्रकाली स्थित वडा कार्यालयको भवनमा दुई लाख नगदसहितको झोला फेला परेको छ । वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंग झोला अपरिचित व्याक्तिले छाडी गएकोमा सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले खोली हेर्दा क्यामेरा, नगद लगायत फेला परेका थिए । वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको उक्त सामानका धनीलाई आफ्नो भएको प्रमाणसहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्न… पुरा पढौ

बढ्यो सहकारी अनुसन्धान, यस कारण पक्राउ पर्न सक्छन् रवि

सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएपछि पूर्व डिआइजीसमेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परे । यी छविलाल तिनै हुन्, जसको घरमा छापा मारेर प्रहरीले सूर्यदर्शन सहकारीको सर्भरसहित महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । आइतबार राति विमानबाट जोशीलाई पोखरा ल्याएको कास्की प्रहरीले सोमबार उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ । जोशीपछि राष्ट्रिय स्वतन्त्र पार्टी .(रास्वपा) का सभापति रवि लामिछानेले पक्राउ पर्ने हल्ला चलेको… पुरा पढौ

कास्कीका प्रहरी प्रमुख मोहन थापा सम्मानित

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान गरिएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्मान पत्र, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली र प्रेस सल्लाहकार श्याम कुँवरले अविर लगाई थापालाई सम्मान गरे । गत वर्ष भदौमा कास्की… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं