Author Archive

क्यानभासमा मनसुनको सौन्दर्य (फोटो फिचर)

यसपालिको मनसुनलाई बिदाइ गर्दै चाडपर्वको स्वागत गर्ने तयारीमा नेपाली छन् । यसपालिको मनसुनमा पोखराले पहिरोबाट ठूलै क्षति बेहो¥यो, सँगसँगै मनसुनकै कारण अहिले खेतमा धान झल्दै छ, चारैतिर हरियाली छ । मनसुनको सौन्दर्य र जोखिम दुवैलाई मान्छेले झेल्नैपर्छ । यिनै सौन्दर्य र खतरालाई नजिकबाट नियालेका कलाकारहरुका चित्र बिहीबारदेखि पोखरामा प्रदर्शनीमा छन् । सिर्जनशील कलाकार समूहले आयोजना गरेको मनसुनः चौथो सामूहिक कला प्रदर्शनी गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले सुरुआत… पुरा पढौ

चिकित्सक संघ गण्डकीको नयाँ समितिको पदस्थापन

नेपाल चिकित्सक संघ गण्डकी शाखाको हालै चयन भएको नयाँ कार्यसमितिको पदस्थापना भएको छ । संघको गण्डकी शाखा अध्यक्षमा डा सुनिल पनेरु निर्विरोध चयन भएका थिए । संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा बद्रि रिजालको उपस्थितिमा नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम भएको हो । संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक एवं गण्डकी शाखाका निवर्तमान अध्यक्ष डा राजन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा बुद्धिबहादुर थापा, डिन डा… पुरा पढौ

सहकारी प्रकरणमा संसदीय छानविन समितिको प्रतिवेदन सार्वजनिकः यस्ताे छ प्रतिवेदन

सहकारीको बचत अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो। भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। प्रतिवेदन ११२४ पेजको छ । https://hr.parliament.gov.np/np/publication/1726814758 पुरा पढौ

गीता शाहीको अध्यक्षतामा अनेमसंघ (क्रान्तिकारी) गण्डकी

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) निर्वाचित भएकी छन्। बिहीबार पोखरामा सम्पन्न प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। जसको उपाध्यक्षहरुमा लिला बि.क. (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित भएका छन्। त्यसैगरि, सचिवमा निर्मला सुवेदी ‘क्रान्ती’ (कास्की) निर्वाचित भएकी छन्। कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित भएकी छन्। सह–सचिवमा हेमकुमारी सुनार ‘ज्योती’ (नवलपुर) निर्वाचित भएकी छन्। बाँकी २ सह–सचिव… पुरा पढौ

रिङ रोडले जोडिँदै रुपा, दोस्रो खण्डको काम सुरु

कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको कामअघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे । संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६.१२९ किलोमिटर दूरीको यो बाटो बन्ने… पुरा पढौ

अखिल नेपाल शिक्षक सङ्गठनद्वारा शिक्षकहरु सम्मानित

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, जिल्ला समन्वय समिति, कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्‌का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई बिहिवार पोखरामा सम्मान गरेको छ । आफूले काम गरेका विद्यालयहरूको चौतर्फी विकासमा भूमिका खेलेका भन्दै सम्मानित हुने प्रधानाध्यापकहरूमा माछापुच्छ्रे मावि, माछापुच्छ्रे(२ का प्रधानाध्यापक सन्तोष आचार्य, विन्ध्यवासिनी मावि, पोखरा(१६ का प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, निष्पक्ष मावि, माछापुच्छ्रे(५ का प्रधानाध्यापक दुर्गाबहादुर रावत, शिवालय मावि, रूपा(२ ९हालः कालिका मावि, पोखरा(३३० का प्रधानाध्यापक रुपिन्द्र प्रभावी,… पुरा पढौ

वासुदेव पौडेललाई ऋषिलीला पत्रकारिता पुरस्कार

पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार वासुदेव पौडेललाई सम्मान गरिने भएको छ । ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान दिएका कस्कीका ज्येष्ठ नागरिकहरु र पत्रकार पौडेललाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ असोज १५ गते सम्मान गरिनेछ । पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका प्रजातन्त्र सेनानी एवम पोखरा वृद्धाश्रम, सीतापाइलाका संस्थापक अध्यक्ष स्वर्गीय ऋषिकेशव पराजुली र उनकी पत्नी लीलादेवीको स्मृतिमा छोरा कुसुमकेशवले पुरस्कार स्थापना गरेका हुन् । पौडेल… पुरा पढौ

पोखरामा ३ गतेदेखि खाद्यको सुपथ पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय पोखराले भोलिदेखि पोखरामा खाद्यको सुपथ पसल सुरु गर्ने भएको छ । कम्पनीको प्रधान कार्यालयबाट भएको निर्देशन नेपालीका महान पर्वहरु दशैँ, तिहार तथा छठको अवसरमा सहुलियत मूल्यको पसलमार्फत उपभोक्तालाई खाद्यवस्तुमा छुट दिन लागिएको हो । कम्पनीको साविक खाद्य संस्थान पोखरा विरौटा स्थित यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपाल खाद्य बिक्री कक्ष, पृथ्ीवीचोक स्थित बिक्री केन्द्र र कार्यालयको रिले केन्द्र बिमलनगर तनहुँबाट… पुरा पढौ

युआरएलको पुरस्कार र अवार्डका लागि छनोट समिति गठन

युआरएल फाउन्डेसनद्वारा सञ्चालित राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । फाउन्डेसनको बैठकले पत्रकारिता पुरस्कारका लागि प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि वरिष्ठ जनरल सर्जन प्राडा अर्जुन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र… पुरा पढौ

पोखराको क्षेत्रीय अस्पतालमा क्यान्सरको उपचार हुने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सरको उपचार हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो अस्पतालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विस्तारित सेवा सुरु भएको हो । यससम्बन्धी सम्झौतापत्रमा क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी कोइराला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा भरतबहादुर खत्रीले मंगलबार हस्ताक्षर गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा खत्रीले क्यान्सरका केही उपचार पहिल्यै भइरहेको जनाउँदै केमोथेराप, रेडियोथेरापी जस्ता सुविधान नहुँदा कठिनाइ परेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं