नेपाल चिकित्सक संघ गण्डकी शाखाको हालै चयन भएको नयाँ कार्यसमितिको पदस्थापना भएको छ । संघको गण्डकी शाखा अध्यक्षमा डा सुनिल पनेरु निर्विरोध चयन भएका थिए ।
संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा बद्रि रिजालको उपस्थितिमा नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम भएको हो । संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक एवं गण्डकी शाखाका निवर्तमान अध्यक्ष डा राजन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा बुद्धिबहादुर थापा, डिन डा श्रीकृष्ण श्रेष्ठ, अस्पताल निर्देशक डा भरतबहादुर खत्री लगायत सहभागी थिए ।
नयाँ कार्यसमितिको कार्यकाल २०८४ सम्म छ । गण्डकी शाखाको वरिष्ठ उपाध्यक्षमा डा कृष्णचन्द्र रिजाल र उपाध्यक्षमा डा सुशील तिमिल्सिना निर्विरोध बनेका छन् । सचिवमा डा नवराज लम्डारी, सहसचिवमा डा डेविड श्रेष्ठ, कोषाध्यक्षमा डा राजेन्द्र नेपाली र सह कोषाध्यक्षमा डा पुजन शर्मा चयन भए ।
सदस्यमा डा दिनेशकुमार विक, डा सुस्मित काफ्ले, डा सञ्जय कोइराला, डा सुधीररमण पराजुली, डा विराट शर्मा र डा राजेन्द्र घिमिरे चुनिए ।





