Author Archive

सम्मेलनको तयारीमा अनेमसंघ (क्रान्तिकारी) गण्डकी

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको पहिलो सम्मेलन बिहीबार पोखरामा हुँदै छ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन क्रान्तिकारीले संविधान दिवसको अवसर पारेर प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो । प्रदेशका ११ जिल्लाभरका ८५ पालिकाबाट प्रतिनिधित्व हुनेगरी करिब चार सय जनाको सम्मेलनमा सहभागिता रहने संयोजक गीता शाही ‘शशि’ले जानकारी दिइन्। सम्मेलनले पदाधिकारी, सदस्यसहितको नयाँ कार्यसमिति गठन चुन्ने छ । शाहीले भनिन्, ‘नेपाल महिला संघ (क्रान्तिकारी) वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र… पुरा पढौ

कविता: लाटाे छु

हाे म लाटाे छु ।साथी म लाटाे छु ,तिमीलाई मूर्ख लाग्ने म निर्दोष देख्छु,तिमीलाई ज्ञानी लाग्ने बेहोस देख्छु ।तिमी बोल्न जान्नेलाई बुद्धिमान मान्छौ,म वाचालहरूलाई वैमान मान्छु ।तिमी आफैलाई जान्ने विद्वान् ठान्छाै ,म तिमीलाई आफ्नै वास्तविकतादेखि अञ्जान ठान्छु । म फुल्न दिन्छु फूललाई तिमी फूलाउन खोज्छौ ,म आफै भुल्छु प्रेममा तिमी भुलाउन खोज्छौ ।तिमी छल-कपट गर्नुलाई बुद्धिमानी मान्छौ,म कपटीलाई अधर्मको जालमा फसेको ठान्छु । तिमी गल्ती लुकाई झुठ बोल्न सक्छौ ,म… पुरा पढौ

मंसिर १६ गते ४१ ठाउँमा उपनिर्वाचन

सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तय गरेसँगै निर्वाचन आयोग उपनिर्वाचनमा जुटेको हो ।… पुरा पढौ

दर्शकले रुचाए पलाँसको ‘खोकी लाग्दा हर्रो’ (भिडियोसहित)

गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक भएको छ । समीक्षा अधिकारी र ईश्वर पोखरेल ‘अविरल’ले स्वर दिएको यो गीतमा प्रमोद पन्तले संगीत भरेका हुन् । योगेश काजीले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा गम्भीर बिष्ट र प्रियंका कार्कीले अभिनय गरेका छन् । कोरियोग्राफी र निर्देशनसमेत बिष्ट स्वयम्को छ । अक्सर आधुनिक गीत र गजलमा कलम चलाउने शिव पलाँसको यो लोकदोहोरी शैलीको गीतलाई स्रोताले रुचाएका छन् । दुई… पुरा पढौ

पलेसालाई पोखरा महानगर र गण्डकी सरकारको नगदसहित सम्मान

पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिका र गण्डकी सरकारले नगदसहित सम्मान गरेका छन् । पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद २ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गरे । पोखरा रङ्गशालामा प्रदेश तेक्वान्दो संघ गण्डकीले आयोजना गरेको कार्यक्रममा गण्डकी सरकारले उनलाई एक लाख ५० हजारसहित सम्मान गरेको छ । गण्डकीमा… पुरा पढौ

लागुऔषध कसूरमा पूर्वसांसद डा ढाकाकुमार पक्राउ

राष्टिय स्वतन्त्र पार्टीबाट सांसद बनेका डा ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।पोखराको दिया फार्मेसीका संचालक डा श्रेष्ठलाई कास्की प्रहरीले लागुऔषध कारोबार अभियोगमा बिहीबार पक्राउ गरेको हो । पोखरा २४ बस्ने वर्ष ४८ का श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । गएको साउन ३ गते नालामुखबाट पक्राउ परेका ४२ वर्षीय प्रकाश थापामगरले लागुऔषध डा श्रेष्ठको फार्मेसीबाट किनेका थिए । थापा मगरलाई लागुऔषध टुपने ९७ चक्कीसहित प्रहरीले पक्राउ… पुरा पढौ

असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।  राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बडादशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८१ असोज… पुरा पढौ

मादीले बगाएका बालक २ दिनदेखि बेपत्ता

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् । सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन् । बालक व्यास–४ स्थित कन्काई बोडिङ स्कूल कक्षा १० मा अध्यनरत रहेको प्रहरीले जनाएको छ । उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए । बालक साँझ… पुरा पढौ

पाइलट दीक्षान्तलाई डागर स्मृति पुरस्कार

डागर स्मृति पुरस्कार २०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहमा पुरस्कार प्रदान गरेको हो । २० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरियो । कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ जे की डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थापक अध्यक्ष हिरा बास्तोला, अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार… पुरा पढौ

प्रकाशलाई सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार

राष्ट्र न्यूज डट कमका सम्पादक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । पोखरा यातायात प्रालि कास्कीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कारबाट बुधबार प्रालिको छौटौं वार्षिक साधारसभामा उनलाई सम्मान गरिएको हो । सडक यातायातसँग सम्वन्धित समाचार पत्रकारिताको विभिन्न माध्यमबाट आम उपभोक्ता, व्यवसायी, मजदुर लगायतका सरोकारवालासम्म सम्प्रेषण गरेकोमा सापकोटालाई २५ हजार र सम्मान पत्रसहित सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं