लागुऔषध कसूरमा पूर्वसांसद डा ढाकाकुमार पक्राउ

राष्टिय स्वतन्त्र पार्टीबाट सांसद बनेका डा ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।पोखराको दिया फार्मेसीका संचालक डा श्रेष्ठलाई कास्की प्रहरीले लागुऔषध कारोबार अभियोगमा बिहीबार पक्राउ गरेको हो ।

पोखरा २४ बस्ने वर्ष ४८ का श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । गएको साउन ३ गते नालामुखबाट पक्राउ परेका ४२ वर्षीय प्रकाश थापामगरले लागुऔषध डा श्रेष्ठको फार्मेसीबाट किनेका थिए ।

थापा मगरलाई लागुऔषध टुपने ९७ चक्कीसहित प्रहरीले पक्राउ गरेको थियो । थापाको बयानका आधारमा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर डा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

रास्पपाबाट समानुपातिका संसद बनेका डा श्रेष्ठ दुर्गा प्रसाईसँग घूस मागेको अडियो सार्वजनिक भएपछि कारवाहीमा परेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।