सक्षम बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा तथा छैटौं अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले आगामी तीन बर्षै कार्यकालका लागी अर्जुनप्रसाद नागिलाको अध्यक्षतामा नया संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बिष्णुदेबी पराजुली सचिवमा केसब गिरी र कोषध्यक्षमा चित्र बहादुर श्रेष्ठ चयन भएका छन् । साथै संचालक समिति सदश्यहरुमा चिज कुमार जोसी, जिवन ध्वजु, भरत नागिला, शान्ति लक्ष्मी पराजुली र सृजना भुर्तैल निर्वाचित भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा रामजि थापा निर्वाचित भएका छन् ।
पोखरा महानगरपालिका सहकारी बिभाग प्रमुख रबिरमण तिवारीले एक ब्यक्ती तथा एक सहकारीले गरेका गतिबिधिले गर्दा सबै सहकारी प्रति गलत भाष्य प्रयोग हुनु दुखद भएको बताउदै निजि क्षेत्र, सहकारी र सरकारी एकता बद्ध भए मात्र मुलुकको आर्थिक बिकास सम्भव हुनेमा जोड दिनुभयो ।
सहकारीका अध्यक्ष बिश्वमित्र सुबेदीको अध्यक्षता सम्पन्न उद्धघाटनसत्रमा यसै बर्ष बिभिन्न कक्षामा उतिर्ण भएका सेयर सदश्यका छोराछोरी हरुलाइ सम्मान समेत गरिएको थियो । पोखरा महानगरपालिका वडा नम्वर ३ नदिपुरमा रहेको उक्त सहकारीमा हाल दूई सय चार जना सेयर सदश्य छन् ।





