Author Archive

पर्वतीय महोत्सवमा आरोहीले सुनाए सुखदुख

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अहिले दुई थरी आगन्तुक छन् । नियमित संग्रहालय हेर्न आउनेहरुसँगै संग्रहालय परिसरमा जारी नवौं पर्वतीय महोत्सव हेर्नेहरु पनि उल्लेख्य छन् । मंसिर २३ गतेबाट जारी महोत्सव बिहीबारसम्म चल्नेछ । बुधबार महोत्सवमा चर्चित आरोहीहरुले हिमाल आरोहणका सुखदुख सुनाए । ‘समिटर्स डायलग’ नाम दिइएको प्यानल डिस्कसनमा चर्चित आरोहीहरु दावा याङजुङ शेर्पा र निमारिन्जी शेर्पाले हिमाल आरोहण गर्दा भोगेका चुनौती, आरोहणपछिको सुखानुभूति र यो क्षेत्रका चुनौतीबारे विचार राखे ।… पुरा पढौ

जनप्रिय आविका विद्यार्थीलाई सेन्ट्रल सेन्चुरीको साथ

लायन्स क्लब अफ सेन्ट्रल सेन्चुरीले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३, सिरिन्डाँडामा रहेको जनप्रिय आधारभूत स्कुलका विद्यार्थीलाई सहयोग गरेको छ । डिस्ट्रिक्ट ३२५ एम रिजन १, जोन १ अन्तर्गत रहेको सेन्चुरीले शिशु कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई न्यायो पोशाका वितरण गरेको छ । सँगसँगै माता मनकामना डेन्टल केयर प्रालि पोखराको सहयोगमा विद्यार्थी र अभिभावकको मुख तथा दाँतको सित्तैमा जाँच गरिएको छ । कार्यक्रममा प्रोजेक्ट एक्सपोर्ट शारदामोहन काफ्लेले लायनवादको उद्देश्यअनुरुप सेन्ट्रल… पुरा पढौ

ग्याँस बुलेट दुर्घटनामा बेपत्ता खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभिरस्थित पृथ्वीलोकमार्गमा मंसिर २३ गते विहान दुर्घटनामा परेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्याँस बुलेटमा रहेका चालक तथा सहचालकको खोजी कार्यमा गोताखोर सहितको सशस्त्र प्रहरी परिचालन भएको छ । चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशुली नदिमा खसेको हो । सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यावस्थापन तालिम शिक्षालय कुरिनटार र बिपद् ब्यावस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार… पुरा पढौ

यसरी विस्तार हुदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गर्नुभएको छ । गए राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी… पुरा पढौ

कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवारकाे जित

कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४९३ मतसहित जित हात पारेका हुन् । नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत ल्याउँदै दोस्रो स्थानमा रहे । नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले २७७ मत ल्याए  । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत पाए भने… पुरा पढौ

मोहनविक्रमले ३३ वर्षमा तयार गरे ‘कामरेड जलजला’

वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ । जन शिक्षा गृहले आयोजना गरेको कार्यक्रममा वामपन्थी नेत्री स्व विद्या ढकाल (जलजल) की आमा ललितादेवी ढकाल (प्रभा) ले पुस्तक लोकार्पण गरिन् । उपन्यास २ खण्ड, ८ भाग, ७२ परिच्छेद र २ सय ७२ अङ्कमा विभाजन गरिएको छ । करिब ५ लाख शब्द, रोयल साइजमा १ हजार ३ सय २० पृष्ठ र करिब ५ सय पात्र छन् । उपन्यासमा… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्समा खरेलको नेतृत्व

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनले चिन्तामणि खरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । संभको वरिष्ठ उपाध्यक्षमा होमविलास सापकोटा, उपाध्यक्ष जनकराज सुवेदी, महासचिव रामचन्द्र तिवारी, कोषाध्यक्ष दुर्गानाथ लामिछाने र सचिवमा तीर्थराज देवकोटा निर्वाचित भए । सदस्यमा बुद्धिबहादुर थापा, दुर्गा सुवेदी, पदमराज पौडेल, अर्जुन त्रिपाठी, नरेन्द्रराज पण्डित, विदुर बिसी र तारापति सापकोटा (शिव) छन् । नवनिर्वाचित अध्यक्ष खरेलले पोखराका सबै इलेक्ट्रोनिक्स व्यवसायीलाई संस्थामा आवद्ध… पुरा पढौ

गुप्तेश्वर महादेव-मकवानपुर बहुमुखी क्याम्पस सहकार्य

गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा र बाग्मती प्रदेशकै उत्कृष्ट क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा विच विहीबार दुवै क्याम्पसले सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री धर्मराज बरालले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीका एवम् विद्यार्थीहरुका अनुभवहरु आदान–प्रदान गर्ने, अनुसन्धान कार्यमा सहकार्य गर्ने जस्ता क्रियाकलापले क्याम्पसको गुणस्तरीय शिक्षामा थप बल पुग्ने बताउनु भएको… पुरा पढौ

शिवप्रसाद पाण्डेको प्रच्छन्न इन्द्रिय बजारमा

लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ । पुस्तक समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे, समालोचक ज्ञानु अधिकारी तथा लेखक शिवप्रसाद पाण्डेले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो । पुस्तकमा लेखकले आफ्नो समय र अनुभव अनुसारको समाज कथ्य रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले हरेक कथाले सामाजिक परिवेशलाई चित्रण गरेको बताउनुभयो । साहित्यकार डा.… पुरा पढौ

रेडियो नेपाल प्रादेशिक प्रमुख शान्ति गुरुङद्वारा पदभार ग्रहण

रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङले सोमबार पदभार ग्रहण गरेकी छन् । रेडियो नेपालको केन्द्रीय कार्यालयमा सरुवा भएका निवर्तमान कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवसहित कार्यालयका कर्मचारीमाझ गुरुङले पदभार ग्रहण गरेकी हुन् । २७ वर्षअघि सहसमाचार वाचकका रुपमा रेडियो नेपाल प्रवेश गरेकी गुरुङ वरिष्ठ सम्पादक हुन् । समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गुरुङ लोकगायन क्षेत्रमा समेत स्थापित छिन् । गुरुङ प्रादेशिक प्रशारण कार्यालय पोखराको पहिलो महिला कार्यालय प्रमुखसमेत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं