पोखरा इलेक्ट्रोनिक्समा खरेलको नेतृत्व

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको २४ औं साधारण सभा तथा १२ औं अधिवेशनले चिन्तामणि खरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ ।

संभको वरिष्ठ उपाध्यक्षमा होमविलास सापकोटा, उपाध्यक्ष जनकराज सुवेदी, महासचिव रामचन्द्र तिवारी, कोषाध्यक्ष दुर्गानाथ लामिछाने र सचिवमा तीर्थराज देवकोटा निर्वाचित भए । सदस्यमा बुद्धिबहादुर थापा, दुर्गा सुवेदी, पदमराज पौडेल, अर्जुन त्रिपाठी, नरेन्द्रराज पण्डित, विदुर बिसी र तारापति सापकोटा (शिव) छन् ।

नवनिर्वाचित अध्यक्ष खरेलले पोखराका सबै इलेक्ट्रोनिक्स व्यवसायीलाई संस्थामा आवद्ध गराई व्यावसायिक हितका लागि सबैसँग सहकार्य गरी काम गर्ने प्रतिवद्धता गरे ।

संस्थाका सल्लाहकार जनपुकार मनकमीको संयोजकत्वमा किरण ढकाल र श्रीप्रसाद घले सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । साधारणसभा संस्थाका अध्यक्ष नारायण सुवेदीको अध्यक्षमा भएको थियो ।