
गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा र बाग्मती प्रदेशकै उत्कृष्ट क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस, हेटौडा विच विहीबार दुवै क्याम्पसले सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री धर्मराज बरालले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीका एवम् विद्यार्थीहरुका अनुभवहरु आदान–प्रदान गर्ने, अनुसन्धान कार्यमा सहकार्य गर्ने जस्ता क्रियाकलापले क्याम्पसको गुणस्तरीय शिक्षामा थप बल पुग्ने बताउनु भएको थियो । उक्त कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. यामबहादुर शिलवालले गुणस्तरीय शिक्षाका लागि हामीले गर्ने सहकार्य व्यवहारीक रुपमा फलदायी हुने बताउनु भएको थियो ।
कार्यक्रममा दुवै क्याम्पसका क्याम्पस प्रमुखले अनुसन्धान कार्यमा सहकार्य गर्ने, विद्यार्थी, शिक्षक तथा कर्मचारीका अनुभवहरु साटासाट गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विभिन्न सहकार्य गर्ने जस्ता विषयको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि रहनु भएकाल आदिकवी भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख श्री महाप्रसाद हड्खलेले शुभकामना व्यक्त गर्नुभएको थियो भने मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्री उत्तम अर्यालले समेत मन्तव्य राख्नु भएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको सभाहलमा भएको कार्यक्रमको सञ्चालन आइ.क्यू.ए.सी. प्रमुख श्री राजकुमार सुवेदीले गर्नुभएको थियो भने अनुसन्धान समितिका संयोजक तथा सहायक क्याम्पस प्रमुख श्री मोहन भण्डारीले स्वागत् मन्तव्य राख्नु भएको थियो ।