
प्याब्सन कास्कीले आयोजना गरेको दुई दिवसीय आधारभूत तह ९१–५० स्तरीय नेपाली शब्दखेल प्रतियोगिता शुक्रबार भएको छ ।
प्रतियोगितामा बेसलाइन एकेडेमी प्रथम, रेन्बो एकेडेमिक होम्स् द्वितीय, करुणानिधि एजुकेसन फाउन्डेसन ९केफ० माध्यमिक विद्यालय तृतीय, सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालय चतुर्थ, प्रतिभा माध्यमिक विद्यालय र ज्ञानगंगा विद्यापीठ सान्त्वना बने । प्रतियोगितामा प्याब्सन कास्कीसँग आबद्ध ७० सदस्य विद्यालय सहभागी छन् ।
प्रतियोगिताको निर्णायक संयोजकमा नेपाली भाषा शिक्षक परिषद कास्की अध्यक्ष सूर्यप्रसाद लम्साल र निर्णायकमा विक्रम पौडेल, इन्दिरा सुवेदी सापकोटा, शिवहरि सुवेदी, शशिशिशिर ढुंगाना, हरिप्रसाद शर्मा, भावना लामिछाने र विष्णुप्रसाद पौडेल थिए ।

प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद शर्माले निजी विद्यालयको योगदानलाई राज्यले यथोचित मूल्यांकन गर्न नसकेको बताए । उनले यस खालका प्रतियोगिताले शिक्षण सिकाइ प्रभावकारी बनाउने सघाउने उल्लेख गरे ।
कार्यक्रममा प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, सहकोषाध्यक्ष तथा कार्यक्रम संयोजक नरेशप्रसाद बराल, कास्कीका सहसचिव डिल्लीराम अर्याल लगायते बोलेका थिए । समारोहमा विजयी विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको थियो ।