पिसिएममा रोजगार तथा इन्टर्नसिप मेला

पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) द्वारा वार्षिक कार्यतालिका अनुरूप सञ्चालन गरिएको १ साता लामो कार्यक्रम अन्तर्गत पिसीएममा रोजगार तथा इन्टर्नसिप मेला सकिएको छ ।

मेलामा बैंक, उत्पादन, सूचना तथा प्रविधि, व्यापार जस्ता विभिन्न क्षेत्रका २० प्रतिष्ठित संस्थाको सहभागिता रहेको थियो । बिबिए र बिसिएसआइटी अध्ययनरत करिब २ सय विद्यार्थीले मेला अवलोकन गरे । मेलाका प्रमुख आकर्षणमा सिभी प्रस्तुति, अन्तर्वार्ता, करियर परामर्स लगायत छन् ।

कलेज प्रमुख लीना नेगी श्रेष्ठले यस्ता मेलाले कलेज, विद्यार्थी र सम्बन्धित संस्थाबीचको सम्बन्ध मजबुत बनाई विद्यार्थीले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न र करियर निर्माणमा सहयोग पु¥याउने बताइन् । कलेजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत डेमो प्रेस मिट यसअघि नै भइसकेको छ ।

आगामीे ११ असार मा कलेज प्रांगणमा पिसिएम फेस्ट २०२५ आयोजना हुनेछ । फेस्टमा विद्यार्थीले विभिन्न प्रतिभा प्रदर्शन गर्ने छन् भने राष्ट्रिय चर्चित रकहेड्स ब्यान्डको प्रस्तुति पनि रहनेछ ।सप्ताहन्तमा आइडिया पिच प्रतियोगिता पनि आयोजना गरिनेछ ।

सन् २००२ मा स्थापना भएको पोखरा कलेज अफ म्यानेजमेन्टले पोखरा विश्वविद्यालयसँग सम्बन्धन लिई बिबिए, बिबिए फाइनान्स तथा बिसिएसआइटी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।