नेपाल र सिंगापुरका डेन्टल हाइजिनिस्टबीच सहकार्य

नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन र ओरल हेल्थ थेरापिस्ट सिंगापुरबिच सहकार्य हुने भएको छ । दुवै संस्थाबिच पेशागत सहकार्य गर्ने समझदाीपत्रमा हस्ताक्षर भएको छ ।

इन्टरनेसनल ओरल हेल्थ कंग्रेस २०२५ को अवसर पारी सिंगापुरमा आयोजित समारोहमा समझदारी बनेको हो । कार्यक्रममा सहभागिता, प्राविधिक लगायतका क्षेत्रमा सहयोग, पेशागत सहयोग आदानप्रदान गर्ने लगायतका ८ बुँदा समझदारी पत्रमा रहेको सिंगापुरबाट डेन्टल साइन्स हाइजिनिस्ट एसोसियसनका केन्द्रीय सदस्य युवराज पौडेलले बताए ।

सम्झौतामा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको तर्फवाट अध्यक्ष माइकल देवकोटा र एससिएसन फर ओरल हेल्थ सिंगापुर को तर्फवाट अध्यक्ष ट इथेलले हस्ताक्षर गरेका छन् ।