
कालो आकाश मिल्किएको
प्रकाश ज्वाला झिल्किएको
आँखा तिर्मिराउने
गड्याङगुडुङ आवाज
चर्को ध्वनि कानै खाने
मुटु हल्लाउने
तालु सुकाउने
हवाको बेग रुख उडाउने
मुसलधारे पानी आरी घोप्ट्याए जस्तो
सुय्या सुय्या चिसो बतास
असारको महिना मन त्यसै हतास
बाछिट्टा जस्तो जिन्दगी
आम मान्छे
बेचिएको बन्दकी
गतिलो बीउ छैन
बलियो जीउ छैन
सघाउने कोइछैन
सरकारको ह्याउ छैन
युवाहरू बाहिर
बृद्धहरु भित्र
बालबच्चा कसले हेर्ने
यो देशको वृत्तचित्र
यो असार साह्रो कसार ।