Author Archive

जेठभरि बन्दाबन्दी

सरकारले कोरोना भाइरस फैलिन नदिन बन्दाबन्दीको समय थपेको छ । नेपालमा चैत ११ बाट सुरु भएको लकडाउन पटक पटक थपिँदै अब जेठ ३२ गतेसम्म पुगेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेका हो भने हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार 16 सम्म रोक्ने निर्णय भएको छ । बैठकले कोरोना संक्रमण फैलिएको स्थानमा आवश्यकता अनुसार सेना परिचालन गर्ने निर्णयसमेत गरेको छ । पुरा पढौ

रुकुम चौरजहारी घटना : मानव सभ्यतामा कालो धब्बा

मानव सभ्यताको उदय र विकास सङ्गसङ्गै शिक्षाको उदय र विकास भएको हुनु पर्दछ। मानिसको पूर्ण बिकास नै शिक्षा हुनुपर्ने हो। समानतामूलक,समतामूलक र बिभेदरहित समाजको निर्माणको मुख्य आधारको रूपमा रहेको शिक्षाले समाजमा रहेका सामाजिक विकृतिबिसङ्गतिहरु, कुरीति ,कु( संस्कार,अन्धबिश्वास र रुढीबादीका विरुद्ध जेहाद छेड्नुपर्ने हो । तर शिक्षा सहितका प्रायः सबै उत्पादनका साधनहरुमा केही मुठ्ठीभर मानिसहरूले हैकम जमाएका कारण करीब ३७ सय बर्ष भन्दा अघिदेखि सकारात्मक वा नकारात्मक जे ध्येय राखेर जाति… पुरा पढौ

कविता : कागजको फूल

तिमिले भन्यौं `म फूल हुँ´प्रकृतिको पुजारी ममैले प्रेमले मलजल गरेँमनभरि फुलाएँचुम्दा अोइलिएला भन्ने डरलेअाँखाले सुम्सुमाएँछुँदा दाग लाग्ला भन्ने पीरलेटाढै बाट पुजा गरेँधेरै पछि पो पत्तो पाएँतिमी त कागजको फूल रहेछौज- जसले जहाँ-जहाँ मन लाग्छत्यहीँ त्यहीँ सजाए हुनेकसैले केशमा सजाएकसैले `भेस´मा सजाएकसैले कोटमा सजाएकसैले नोटमा सजाए। म बुद्धु बल्ल बुझ्दैछुसबै मुर्तिहरुमाभगवान हुँदैन रहेछन्सबै काला र चिल्ला ढुङ्गाशालिग्राम हुँदैन रहेछन् । पुरा पढौ

पोखराको फूलबारीमा छतबाट लडेर बालिका घाइते

शुक्रबार साँझ पोखरा महानगरपालिका ११ फूलबारीमा एक बालिका घरको छतबाट खसेर घाइते भएकी छिन् । देबराज अधिकारीकी ३ वर्षीया छोरी युनिशा अधिकारी शुक्रबार साँझ २ तले पक्की घरको छतबाट खेल्ने क्रममा अचानक खसेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । बालिकाको मणिपाल अस्पतालमा उपचार भएको छ । पुरा पढौ

मुखबाट रगत छादी मृत्यु

शनिबार बिहान लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटार रानीपानी घरका एक जनाको तनहुँको भानु नगरपालिका ८ ठूलोवनमा मृत्यु भएको छ । ठुलो वनमा डेरा गरी बस्ने वर्ष ४० का रामजी खत्रीले बिहान अचानक रगत छाँदेपछि उनलाई उपचारका लागि पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा

परासी लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०, पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् । गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ अदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ । अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए । वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि… पुरा पढौ

गण्डकीकै ठूलो चक्लाबन्दीमा ३ सय मुरी धान फलाउने लक्ष्य (भिडियोसहित)

पोखरा २३ को ठूलाखेत, खहरेकुनोमा गत वर्षबाट चक्लाबन्दी थालियो । यही नजिकै फेवातालको सिल्ट्रेसन ड्याम पनि बन्दै छ । १ सय ५६ रोपनी जग्गा चक्लाबन्दी भयो । सम्भवतः यो प्रदेशकै ठूलो चक्लाबन्दी हो । यसका लागि २० लाख स्थानीय र २० लाख प्रदेश सरकारले लगानी गरेका छन् । गत वर्ष ४८ मुरी धान उत्पादन भएकोमा यस वर्ष ३ सय मुरी धान फलाउने लक्ष्य छ । यसका अध्यक्ष विष्णु दाहाल सम्याउन… पुरा पढौ

गीत : न्याउली चरी

न्याउली चरी रुँदै छ धरधरीविस्तारबादी हजुर गर्दै छन् मनपरी मेटिँदैन राष्ट्रियता धोती लाउँदा खेरीरेटिँदैन देशभक्ति टोपी लाउँदा खेरीबहुल जाति, भाषाभाषी, संस्कृति छ हाम्रोहिमाल, पहाड, तराई छन् फूलबारी राम्रो न्याउली चरी रुँदै छ धरधरीविस्तारबादी हजुर गर्दै छन् मनपरी वैरीहरुका नजरहरु पर्न दिनुहुन्नस्वर्ग जस्तो हाम्रो माटो छुन दिनुहुन्नएकतामा बल हुन्छ आमा हसाउनमिलीजुली अघि बढौं देश बचाउन न्याउली चरी रुँदै छ धरधरीविस्तारबादी हजुर गर्दै छन् मनपरी पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार

file pix गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ः०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने छन् । सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलाई… पुरा पढौ

१० दिनअघि भारतबाट आएका पुरुषको क्वारेन्टाइनमा मृत्यु

दैलेखमा क्‍वारेन्टाइनमा बसेका एकको मुत्यु भएको छ। दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष को क्वारेन्टाइनमा ज्यान गएको हो । १० दिनअगाडि भारतबाट नगरपालिकाले उद्धार गरी ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा थिए । उनी बेहोस भएपछि क्‍वारेन्टाइनमै उपचार गरिएको थियो। क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएका ती युवाको स्वाब परीक्षणका लागि ३ दिनअघि कर्णाली स्वास्थ्य बिज्ञान प्रठिष्टान जुम्ला पठाइएको थियो । उनको रिर्पोट आउँन बाँकी छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं