पोखराको फूलबारीमा छतबाट लडेर बालिका घाइते

शुक्रबार साँझ पोखरा महानगरपालिका ११ फूलबारीमा एक बालिका घरको छतबाट खसेर घाइते भएकी छिन् ।

देबराज अधिकारीकी ३ वर्षीया छोरी युनिशा अधिकारी शुक्रबार साँझ २ तले पक्की घरको छतबाट खेल्ने क्रममा अचानक खसेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । बालिकाको मणिपाल अस्पतालमा उपचार भएको छ ।