Author Archive

वडा सचिव थुनामा, वडाध्यक्ष फरार

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर ९किर्ते० गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मिति केरमेट गरी फरक पारेर प्रतिलिपि जारी गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरको मुद्दा… पुरा पढौ

उपकुलपति र रजिष्ट्रार तत्काल नियुक्ति गर्न प्राध्यापक संघको माग

पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरिएको छ । पोखरा विश्वविद्यालय, प्रजातन्त्रवादी प्राध्यापक संघले हालै एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । संघका अध्यक्ष सञ्जीव थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालय लामो समयदेखि नेतृत्वविहीन बनेकाले तत्काल नियुक्ति गरी विश्वविद्यालयलाई नेतृत्व प्रदान गर्न आग्रह गरिएको छ । लामो समयदेखि विश्वविद्यालयमा शैक्षिक एवम् प्रशासनिक गतिविधि ठप्प भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोविज्ञप्तिमा उल्लेख गरिएको छ । देशकै… पुरा पढौ

उमेर अनुसारको जोखिम र सप्लिमेन्ट

नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ | भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ | यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ | यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ | यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ |कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क… पुरा पढौ

अनिश्चित लकडाउन र बालबालिकामा पर्न सक्ने असर

आज विश्व नै कोरोना भाइरस (कोभिड १९)का कारण तहसनहसको अवस्थामा छ । चीनको हुवेही प्रान्तको वुहान सहरवाट सन् २०१९ डिसेम्बर महिनाको अन्तिम सातादेखि सुरु भएको कोभिड माहामारीले विश्वका विकसित एवम् शक्तिशाली राष्ट्रहरु महामारीवाट सबैभन्दा वढी प्रभावित भएको देखिन्छ । यो लेख लेख्दासम्म विश्वभर ५१ लाखभन्दा बढी संक्रमित, ३ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २ सय ५० भन्दा बढी राष्ट्रमा फैलिसकेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन… पुरा पढौ

मुक्तकहरु

आवस्यकता र अभाव फरक फरक हुन्छकस्ले कति पार्छ प्रभाव फरक फरक हुन्छमैलेमात्र यो ठानेर उसलाई झेलिरहेकी छुमान्छे अनुसार स्वभाव फरक फरक हुन्छ । तिम्रै बन्छु म ’नि भन्दै रुनि थिए होलान्सुन्दरताले झन् सजिलै छुनी थिए होलान्धनले मनलाई जित्नी भए ती सोह्र सय गोपिनीकृष्ण छोडी कुबेरका हुनि थिए होलान् । छैन गुनासो गर्नी ठाउँ यत्ति बुझिदिनुस्मुटुभरी छ बिछोडको घाउँ यत्ती बुझिदिनुस्यो सिउँदोमा उनको सिन्दूर लाउने रहर थियोअर्कैले छोप्यो दाउ, यत्ति बुझिदिनुस्… पुरा पढौ

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा ५१६ संक्रमित

नेपालमा थप ९ जना जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका मकवानपुर र भक्तपुरका एक एक जना महिला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएका सप्तरीका एक पुरुष तथा हेटौडा प्रयोगशालामा परिक्षण गरिएका बाराका ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१६ पुगेको छ । जसमा पुरुषको संख्या ४४०… पुरा पढौ

लघुकथा :अनामिका

दाइ दाइ ..... ।परिचीत स्वर जस्तो लाग्यो ।पछाडि फर्केर हेरे ।अनामिका रैछे । आज आठ वर्ष पछि पालिखे चोकमा भेट भयो । पहिला पहिला भेट हुंदा मुठी उचालेर अभिवादन गर्थी । आज दुई हात जोडेर नमस्कार गरी ।मैले पनि नमस्कार फर्काए । म अलि हतारमा थिएँ । अनामिका : दाइ बिजि हो र ? चिया पिउन जाउँन ।म ब्यस्त थिए ।जति ब्यस्त भए पनि उसको कुरालाई नाई भन्न सकिन ।… पुरा पढौ

प्रदेशको नीति तथा कार्यक्रमलाई पिन गण्डकीको सुझाव

पिन गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेशका विभिन्न क्षेत्रका ईन्जिनियरहरु, बिज्ञहरु,सरोकारवालासँग परामर्श गरी गण्डकी प्रदेशको २०७७÷२०७८ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेर शुक्रबार मुख्यमंत्रीसमक्ष पेश गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सुझावहरु गहिरो अध्ययन गरी सकेको कार्यान्वयनमा ल्याउने जनाए । भबिष्यमा ईन्जिनियरिङ जगतसँगै हातेमालो गरी प्रदेश सम्बृद्व बनाउन लागिपर्ने उनले बताए । कार्यक्रमको अध्यक्षता पिन गण्डकी कार्यवाहक अध्यक्ष ई महेन्द्रबहादुर गोदार र सञ्चालन पिन गण्डकी सचिव सुरेश… पुरा पढौ

लघुकथा : साइबर संवाद

सुमुखी, तपाईं कति सुन्दर कविता लेख्नुहुन्छ छन्दमा! अझ वाचन कला त मनमाेहक । म तपाईंको फ्यान नै हुँ । मेरो प्रशंसाले सुमुखीकाे अनुहार चम्किलाे देखिन्छ । उनी मख्ख मात्र होइन गजक्क पर्दछिन् । अनि यसरी बाेल्छिन् - धन्यवाद , सबैले यस्तै भन्छन् । तपाईंले भनेजस्तै ।तपाईंको गला शार्दूलविक्रीडित छन्दका कविता वाचनमा त झनै झङ्कारमय लाग्छ ! हृदयरञ्जक !! म पुनः तारिफ गर्छु । सुमुखी- हो र !, हुन त यसमा… पुरा पढौ

गजल

जीवन बग्नु पर्छ भन्छन् ताल जस्तो रोकिनबस्नु साथीहिडनु बनेर छाल, छहरा, उद्यमबिना रमिनबस्नु साथी सहजै कहाँ के पो मिल्छ र, नफोर्दै पहरा, निमेष नरोकिनुबग्नु नदीझै निरन्तर, पुगे नि सागर थाकी नबस्नु साथी छुनु नै छ जून यदि भने, वरफ नबन्नू, बन्नू बाफ जस्तोउडनु क्षितिजपारी निरन्तर, शित बनेर जमी नबस्नु साथी विजबिषभित्रै भए पनि, नहारी पिउनू बिष हाँसीहाँसीमानव हौ सचेत जगमै, जीवन असफल पारी नबस्नु साथी । (गीतकार, संगितकार, गायक गोपाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं