Author Archive

हर्ड इम्युनिटी उपयुक्त मोडेल हो कि हैन ?

यदि अधिकांश जनसंख्या कुनै संक्रमणबाट इम्युन ( रोगसंग लड्ने एन्टिबोडी बिकास ) भयो भने बाँकी जनसंख्याले त्यो रोगसँग लड्ने जुन क्षमता प्राप्त गर्छन, त्यसलाई हर्ड इम्युनिटी भनिन्छ | उदाहरणको लागि यदि कुनै ठाउँमा ७० % लाई कोरोना संक्रमण भयो भने बाँकी ३०% ले स्वत: कोरोना संक्रमणको इम्युन प्राप्त गर्छन् | अर्थात् १४ जना संक्रमित भए भने ५ जनालाई स्वत: संक्रमणबिरुद्ध लड्ने क्षमता विकास हुन्छ भन्ने अबधारणा नै हर्ड इम्युनिटी हो… पुरा पढौ

महानगरको राहत कोषमा रोयल सहकारीको सहयोग

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरको राहत कोषमा सहयोग गरेको छ । सहकारीले कोषमा ३३ हजार २ सय १२ रुपैयाँ सहयोग गरेको हो । सहकारीका कोषाध्यक्ष केशबप्रसाद ढकालले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोना भाइरस बिरुद्धको लडाईमा रोयल सहकारीले आफनो समााजिक उत्तरदायित्व बोध गरेको बताउदै धन्यबाद दिइन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण बढदै गएका कारण सवैको सहकार्य र एकता… पुरा पढौ

कास्कीको मादीका इन्जिनियरलाई भ्रष्टाचार मुद्दा

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा खटिएका सबइन्जिनियर नवलेसकुमार रौनियारउपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ । रौनियारले मादी गाउँपालिका वडा नं। ९ का सेवाग्राहीसँग घुस ४० हजार ५ सय लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा सञ्चारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । भूकम्पपीडितबाट भूकम्पमा परी भत्किएको घर नयाँ बनाएवापत नेपाल सरकारबाट प्रदान… पुरा पढौ

पोखरा २८ मा ७ जनालाई सुत्केरी प्याकेज, विकास, निर्माण जारी

कोरोना महासंकटमा सुरक्षाका उपाय अबलम्बन गर्दै पोखरा २८ मा स्थानीय सरकारका गतिविधि र विकास, निर्माणलाई जारी राखिएको छ । हालै वडामा रहेका ७ सुत्केरीलाई महानगरको तर्फबाट सुत्केरी प्याकेज हस्तान्तरण गरिएको छ । सुत्केरीहरुलाई जनही १ केजी घ्यु, तोरीको तेल १ लिटर, हर्लिक्स आधा केजी, साबुन र नगद ५ सय प्रदान गरिएको हो । यसैगरी महानगरको प्रोफाइल बनाउन वडामा २२ जनालाई परिचालन गरिएको छ । वडाध्यक्ष निर्मल दियालीले १५ गतेभित्र महानगरले… पुरा पढौ

गीत : अलिअलि मिच्दै उस्को देशै खाने दाउ

अलिअलि मिच्दै उस्को देशै खाने दाऊँजाउँ साथी हामी सबै, सिमानामा जाऊँ पटक पटक जुट्नुभन्दा जुटौं एकै पालिदुश्मनलाई रोकौं अब, लगाऊँ तारजालीलिपुलेक, कालापानी, त्यो लिम्पुयाधाराजागौं अब एकै चोटि, जाऊँ नेपाली सारा। भारतीय विस्तारवादको देशै खाने दाउजाऊँ साथी हामी सबै, सिमानामा जाऊ । बसेका छन् हामीलाई मधेसमा कुरीपहाडको बलेसी छ, हिमालको धुरीजानै पर्छ, जाऊँ सबै महाकाली तरीहेपिरह्रो हामीलाई सधैं यसै गरी। बल्झिरह्यो सधैंभरी त्यो सन्धिको घाउँजाऊँ साथी हामी सबै, सिमाना जाऊँ । पुरा पढौ

कविता : के दिऊँ खोई बदलामा मैले ?

ती तिम्रा प्यारका बदलामा मैलेके दिऊँ, के नै दिन सक्छु र ? आशा तिम्रा ,ती महान् आकाङ्क्षादवाइएका ती प्रेम स्वार्थ वा निःस्वार्थजसरी तिमीले दियौ, त्यो प्यारबदलामा म के नै दिन सक्छु र ?मसँग दिने त्यस्तो उपहार छैनमसँग दिने कुनै हार छैनसबै सांरिक भौतिकतालेअसम्पन्न र दरिद्र मकुनै स्वामित्वमा खासै केही छैनसन्सारलाई अमूल्य देख्नेम तिम्रो साथीसंसारबाट हेपिएको भौतिकतालेतिमीलाई उपहार दिन त मन थियोभएर के गर्नु खासै, केही छैनबदलामा दिने कुन‌ै उपहार छैनशुष्क… पुरा पढौ

बैंक स्टाफ तथा ग्राहकलाई यसरी सुरक्षित बनाऔं

हिंजो म काम बिशेषले बैंक गएको थिएँ | हप्तामा १-२ दिन सिमित शाखा सिमित समयको लागि खुल्ने भएकोले बैंकमा ठूलो भीड थियो | च्यानल गेटभित्र उभिएर पालो अनुसार बोलाउने गार्ड र ग्राहकबीच १ फिटको पनि दुरी थिएन |कुनै स्टाफले माथिबाट मुख हेर्न मिल्ने गरि मास्क लगाएका थिए, कुनै स्टाफले नाकको तल तथा घांटीमा मास्क लगाएका थिए | ग्राहकसंग कुरा गर्दा आधा फिटको दुरी पनि देखिएन | ग्राहक तथा स्टाफले प्रयोग… पुरा पढौ

किन झुक्ने भारतसँग ?

विश्वमा अहिले २ सय ५० भन्दा बढी देश आफैमा सार्वभौम छन् तर पनि अहिलेको युगमा एक देश अर्कोको सहयोगबिना अलग्गै बस्न सक्ने अबस्थामा देखिदैन । त्यसो भनिरहदा कुनै एक देशले अर्को देशको सार्वभौमसत्तालाई हस्तक्षेप गर्नु र नियन्त्रणमा राख्न सक्ने अबस्था भने छैन । स्वतन्त्रतापूर्वक आफ्नो गतिविधि गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता पनि हो । यही मान्यता अनुरुप नेपाल पनि आफ्नो दुई छिमेकी देश भारत र चीनसँग एउटा स्वतन्त्र र सार्वभौम मुलुकको… पुरा पढौ

थप ३० जनालाई संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको शुक्रबार बिहानको सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पछिल्लो संक्रमण पुष्टि भएको हो। पुरा पढौ

मुस्ताङको थासाङमा सबै गतिविधि बन्द, अवज्ञा गरे कारवाही

मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाले पछिल्लो समय कोरोना भाईरसको जोखिम बढेको भन्दै पालिका भित्रका ५ वडामै सबै गतिविधि संञ्चालन नगर्न निर्देशन गरेको छ । सरकारले लकडाउन गरे पनि यसलाई थप कडाई गर्न आवश्यकता रहेको उल्लेख गर्दै बुधबारदेखि पालिकाभित्र कुनै गतिविधि गर्न नपाईने भएको छ । गाउपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनद्धारा हस्ताक्षरित बुधबार जारी प्रेस बिज्ञप्तीमार्फत गाउँपालिका भित्र स्वास्थ्य सेवाबाहेक कुनै कार्य गर्न नपाईने उल्लेख छ । पालिकाले कार्यालयको नियमित गतिविधि, पालिका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं