जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

महानगरको राहत कोषमा रोयल सहकारीको सहयोग



पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरको राहत कोषमा सहयोग गरेको छ । सहकारीले कोषमा ३३ हजार २ सय १२ रुपैयाँ सहयोग गरेको हो । सहकारीका कोषाध्यक्ष केशबप्रसाद ढकालले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गरे ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले कोरोना भाइरस बिरुद्धको लडाईमा रोयल सहकारीले आफनो समााजिक उत्तरदायित्व बोध गरेको बताउदै धन्यबाद दिइन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण बढदै गएका कारण सवैको सहकार्य र एकता अपरिहार्य रहेको बताइन् ।

उनले महागनर एक्लैले केही गर्न नसक्ने भन्दै सबैले आआफनो क्षेत्रबाट भुमिका खेल्नुपर्नेमा जोड दिइन् । मानबजातीको अस्तित्व संकटमा पार्ने गरि विश्वभर फैलिएको कोरोना भाइरससंग बच्न लकडाउनको पालना गदै आफ बचेर अरुलाई बचाउन आग्रह गरिन् ।