जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

कास्कीको मादीका इन्जिनियरलाई भ्रष्टाचार मुद्दा



जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा खटिएका सबइन्जिनियर नवलेसकुमार रौनियारउपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

रौनियारले मादी गाउँपालिका वडा नं। ९ का सेवाग्राहीसँग घुस ४० हजार ५ सय लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट प्राप्त पत्र तथा सञ्चारमाध्यमद्वारा प्रसारित सामग्रीसमेतको आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

भूकम्पपीडितबाट भूकम्पमा परी भत्किएको घर नयाँ बनाएवापत नेपाल सरकारबाट प्रदान हुने अनुदान रकमको दोस्रो र तेश्रो किस्ताको रकमबाट घुस लिएको पुष्टि

उनले मादी ९ का भूकम्पपीडितबाट भूकम्पमा परी भत्किएको घर नयाँ बनाएवापत नेपाल सरकारबाट प्रदान हुने अनुदान रकमको दोस्रो र तेश्रो किस्ताको रकमबाट घुस लिएको पुष्टि भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुर गरेको देखिएकोले बिगो ४० हजार ५ सय कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ तथा दफा ३ को उपदफा १० को खण्ड ख बमोजिम जरिबाना र कैदको सजाय हुन मागदावी लिई आरोपपत्र दायर भएको जनाए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।