जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

किन झुक्ने भारतसँग ?



विश्वमा अहिले २ सय ५० भन्दा बढी देश आफैमा सार्वभौम छन् तर पनि अहिलेको युगमा एक देश अर्कोको सहयोगबिना अलग्गै बस्न सक्ने अबस्थामा देखिदैन । त्यसो भनिरहदा कुनै एक देशले अर्को देशको सार्वभौमसत्तालाई हस्तक्षेप गर्नु र नियन्त्रणमा राख्न सक्ने अबस्था भने छैन । स्वतन्त्रतापूर्वक आफ्नो गतिविधि गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता पनि हो ।

यही मान्यता अनुरुप नेपाल पनि आफ्नो दुई छिमेकी देश भारत र चीनसँग एउटा स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा साथ र सहयोग निरन्तर रहोस् भने चाहना राख्दै आएको छ । नेपाली राजनीतिमा विस्तारवाद र साम्राज्यवादको चर्का नारा नसुनिएको पनि होईन, जब जब राष्ट्रियताका कुरा उठ्ने गर्द्छ्न, त्यस बेला सुस्ता र कालापानीका गीतहरु गुञ्जयमान हुन्छन् । नेताहरुको चर्को राष्ट्रियवाद सुरु हुन्छ । जब तिनिहरु नै सरकार र सत्ता पुग्दछ्न्, न त नेपालको अखण्डताको कुरा गर्छन्, न सार्वभौमसत्ताको । न सिमा रक्षा गर्नको लागि आबयस्यक काम गर्न नै सक्छन्, न त मिचिएको जग्गा फिर्ताका लागि पहल गर्न र बिबादास्पद मुद्दाहरुको छिनोफानका लागि अन्तर्राष्ट्रिय अदालतमा जान सक्छन्।

जब सिमा मिचिएका कुरा आउँछ, तबमात्रै चिर निद्रा बाट ब्युझिए जस्तो गरी जनताको आँखामा क्षारो हाल्ने काम गर्दछ्। सरकार आफ्नो राष्ट्रियताको र आफ्नो भूमिको संरक्षण्र र जगेर्ना होईन, नेपाली जनता कसरी गुमराह राख्न सकिन्छ भनेर लागेको पाउछौ । बाकी नेताहरु आफूलाई कसरी अति राष्ट्रिबादी बनाउनका लागि बिगतदेखि बर्तमानसम्मका सधै लागिपरेको देखिन्छ ।

सुगौली सन्धिको रुपमा सन् १८१६ गरिएको सम्झौता नै हामीले गरेको पहिलो अन्तर्राष्ट्रिय सन्धि हो। सन् १९५० जुलामा काठमाडौ मा तत्कालीन प्रधानमन्त्री मोहन शम्शेर राणा र भारतका चन्द्रशोरनारायण सिह बीच भारत सरकार र नेपाल सरकारको बीच सुगौली सन्धीको पुनःमुल्यांकन गरी नया सम्झौता गरियो । जस्मा दुई देशको बीचमा स्थायी अखण्डता, एकअर्काको स्वतन्त्रता, सम्म्मान गर्न ,बिना राहादानी र भिसा बिना नै आबतजाबत गर्न सक्ने, बसोबास गर्न सक्ने र व्यापार, व्यवसाय गर्ने भारतियहरुलाई अनुमती दिने उृल्लेख छ ।

यदि भारत सरकारले यसरी नै मिचिरहने हो भने अन्तर्राष्ट्रिय अदालतमा गएर सिमाको विवादको अन्त्य गर्नु नै नेपाल र नेपाल को हित हुनेछ ।

यो नै असमान सन्धि भनी विरोधका स्वरहरु रहिरहे । किनकि नेपालको कानुन अनुसार नै खुल्ला सिमान र भारतीयलाई जग्गा, सम्पत्ति किन्न र व्यापार, व्यवसाय र उधोग गर्न नपाउने थियो। यदि सुगौली सन्धीलाई नै आधार मान्ने हो भने पनि बिट्रीस सर्बे अफ ईन्डियाले सन् १८२७ बनाएको नक्सामा पनि लिपियाधुराबाट निस्किएको नदीलाई नै काली नदी मानिएको छ । त्यसलाई सन् १८५६ मा भारतीयहरुले सर्बेक्षण गरी प्रकाशित गरिएको नक्साले पनि थप आधार दिएको पाईन्छ । त्यस्लाई आधार माने हो भने अहिले भारतमा रहेका गाउँ कन्जी, नाबी र कुटि नेपालका सिम्मानामा पर्दछन् ।

ईतिहास हेर्ने हो भने पनि विस २०१८ को जनगणना ती गाउँमा पनि गरिएको जानकारहरुबाट बुझन सक्दछौ। अहिले नेपालको सिमाना लिपियाधुरा हो कि लिपुलेक हो ? यो सरकारले आफ्नो ड्कुमेण्टलाई आधार मानी सिमानाको रक्षा गर्नुपर्ने देखिन्छ । यदि भारत सरकारले यसरी नै मिचिरहने हो भने अन्तर्राष्ट्रिय अदालतमा गएर सिमाको विवादको अन्त्य गर्नु नै नेपाल र नेपाल को हित हुनेछ ।

भारतीयहरुले नेपाल राजनीतिमा प्रत्यक्ष रुपमा आफ्नो भूमिका राख्दै आएको पाईन्छ। राणाहरु को ज्यादती सहन नसकी भारतीय दूतावासको शरणमा पुगेका राजा त्रिभुवनले पछि भारत सरकारको मध्यस्थता मा राजा, राणा र कांग्रेसको बीचमा सहमति गराई राणा शासनको अन्त्य भएको थियो । त्रिभुवनको साथमा भारतले नेपालका सार्बजनिक महत्त्वपूर्ण बिषयमा चासो दिने र आफ्ना मान्छेहरु लाई राख्ने र मन्त्रीपरिषदको बैठकमा आफनो कर्मचारी राखी निर्णय गर्ने गर्यो । यसरी नेपाली राजनीतिमा प्रत्यक्ष प्रभाव गर्ने कार्य यहाँबाट थाल्नी भयो ।

सरकारले आफूलाई राष्ट्रियताको पक्षमा कोही कसैसँग घुडा टेक्दैन भने गतिलो जवाफ दिओस् । र, जनताको राष्ट्रियतामा देखाएको साथको सही सदुपयोग गरोस् ।

भारतको आशीर्वाद बिना सरकार बनाउन र चलाउन कठिन हुने परिस्थितिले प्रधानमन्त्री, मन्त्रीहरुले आजको दिनसम्म पनि आफ्नो राष्ट्रिय अखण्डताको बिषयमा दह्रो आबज निकाल्न सकिरहेका छैनन् । बिगतममा स्थायी सरकार नबन्ने र सरकार बनाउने र गृहाकार्यको खेलमा लागेका काराणले गर्दा सरकारले पहल पुर्याउनु सकेन भन्ने थियो । त्यसैले अहिले लिपियाधुराबाट तिब्बतको मानसरोवरसम्मको बनाउन लागेको बाटोको अपौचारिक उद्घाटन गरेको अबस्थामा सरकारले कस्तो कार्य गर्ने छ भनी सबैको चासो छ । अहिले जनताले आपनो सरकारलाई टिकाउन आशिर्वाद लिनुपर्ने अन्त्य गरी दुई तिहाई नजिकको बुहुमतको सरकार बनाउने अबसर प्रदान गरेका छन् । यदि यो सरकारले पनि सिमा र राष्ट्रिय अखण्डताको बारेमा आफ्नो पहलकदमी गर्न नसकेमा यो नारामा मात्रै सिमित हुन सक्ने देखिन्छ ।

अहिले आएर भारतले मिचेको भूभागलाई नेपाली नक्सामा राखी सार्बजनिक गरिँदा कही आशा पलाएको छ। वीर गोर्खालीहरु भीमसेन थापा, अमरसिंह थापा र बलभद्र कुँवरले देखाएको वीरताले जोगाएको देश हो नेपाल । यहाँ राष्ट्र र राष्ट्रियतामा असर पर्ने गरि कार्य गर्ने छुट छैन । अहिले भारतका सञ्चार माध्यमहरुले चीनको उक्साहटमा नेपाल बोलेको भन्ने प्रचार गरिरहेका छन् । हिजोदेखि आजसम्म नेपालीहरुलाई आफ्नो राष्ट्रियताका लागि कोहीसँग सम्झौता नगरेको र यदि कसैले त्यस्तो कार्य गरेमा सबै नेपाली एक हुने र जाइलाग्ने हुँदा यदि भारतले यी कुरालाई बार्ताको माध्यमबाट नै समस्या समाधान गर्न नसकेमा वीर गोर्खालीको सन्तान हामीले अहिले देखिएको समस्याको समाधान गर्नका लागि जस्तो सुकै कदम चाल्नुपर्ने हुन्छ ।

सरकारले आफूलाई राष्ट्रियताको पक्षमा कोही कसैसँग घुडा टेक्दैन भने गतिलो जवाफ दिओस् । र, जनताको राष्ट्रियतामा देखाएको साथको सही सदुपयोग गरोस् । नेपाल र नेपालीलाई हेर्ने नजरमा परिवर्तन गरी हिजो हाम्रा पुर्खाले कमाएको गोर्खालीको इतिहासको पुनःस्थापित गरोस् ।