Author Archive

तत्काल विद्यार्थी भर्ना नलिनू, अनलाइन कक्षाको पनि शुल्क नलिनू

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ। मन्त्रालयले विद्यालयहरुलाई सोमबार भर्ना नगर्न निदेर्शन गरेको हो। मन्त्रालयले भर्नाको नाममा शुल्क नलिन र अनलाइन पठन पाठनको नाममा पनि शुल्न नलिन भनेको छ । मन्त्रालयले एसईई र कक्षा ११ र १२ का परीक्षा सञ्चालनबारे अहिलेसम्म कुनै निर्णय भइनसकेकोसमेत जनाएको छ । संस्थागत विद्यालयहरुले १ महिनाको आवासबाहेकको शुल्क छुट दिने निर्णय कार्यान्वयनका लागि अभिभावकहरु र स्थानीय सरकारलाई जागरुक हुन… पुरा पढौ

कास्कीका भरतराज बने संघीय संसदको महासचिव

मुख्य सचिव सरहको संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिव नियुक्त गरेकी हुन् । सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए । उनको घर कास्कीको पोखरा महानगरपालिका लामाचौर हो । मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत २ गते गोपालनाथ योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए। गौतमलाई नेकपाभित्रको… पुरा पढौ

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन् : डिसइन्फेक्टेन्ट स्प्रेले कोरोना रोक्दैन

देशका विभिन्न सहरमा सेनिटाइज्ड टनेल, डिसइन्फेक्टेन्ट स्पे आदि बनिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस्ता स्पेले कोरोना रोक्न नसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसमा किटनाशक औषधी छरेको समाचारहरु आएको उल्लेख गर्दै ती स्प्रेले कोरोना संक्रमण भइसकेका मानिसबाट अरुमा सर्ने सम्भावना नघट्ने उल्लेख गरे । उनले भने, ‘शरीरभित्र कोरोना भाइरस प्रवेश गरेपछि ती रसायन छर्दा भाइरस मर्दैन । यसको वृद्धि हाम्रो शरीरमा भइरहेको हुन्छ ।‘ उल्टै… पुरा पढौ

सबैभन्दा जोखिम सहरमा छ

भारतमा कोरोना संक्रमण बढिरहेको छ | अहिलेसम्म ४२ हजार ६ सात ७० जना संक्रमित देखिएका छन् भने १३९५ जनाको मृत्यु भएको छ | भारतमा जनसंख्या धेरै भएको महाराष्ट्र ( मुम्बई ) मा मात्र १२९७४ जना संक्रमित भएका छन् भने ५५८ जनाको मृत्यु भएको छ | अमेरिकाको न्युयोर्कमा मात्र १ लाक ७४ हजार संक्रमित भएका छन् भने १३५३८ जनाको मृत्यु भएको छ |..यसबाट थाहा हुन्छ कि जनसंख्या धेरै भएका ठाउँ जोखिमयुक्त… पुरा पढौ

तनहुँमा जंगली च्याउ खाँदा परिवारै बिरामी

तनहुँको देवघाटमा जंगली च्याउ खाँदा परिवारै बिरामी परेको छ । सोमबार बिहान जंगली च्याउ खाएका देवघाट ५ साउनेको भुजेल परिवारका ५ जना नै बिरामी भएका छन् । घर नजिकको जंगलबाट जंगली च्याउ ल्याई खाने बिरामी परेका उनीहरुलाई उपचारका लागि भरतपुर चितवान लगिएको छ । प्रहरीका अनुसार बिरामी पर्नेमा ४२ वर्षीय कृष्णबहादुर भुजेल, उनका १५ वर्षका छोरा धनलाल, १७ वर्षका छोरा मीनबहादुर, २१ वर्षका छोरा तीर्थ बहादुर र ४० वर्षीया श्रीमती… पुरा पढौ

लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ?

१. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता |२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता |३. काम गर्ने ठाउँमा : साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली | ४. व्यक्तिगत अभ्यास : खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने | आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा… पुरा पढौ

कविता : कोरोना-सत्ता

यतिखेर चलिरहेछ विश्वभरनयाँ कोरोना–सत्ता ! इतिहासका कुनै सम्राटको पहुँच नपुगेकोवर्तमानका कुनै राज्यसत्ताले कब्जा गर्न नभ्याएकोपूरै विश्वकब्जा जमाइरहेछ यतिखेरनयाँ कोरोनालेर, सङ्घर्ष गर्दैछ उसका विरुद्धसिङ्गो मानव–सत्तासंपूर्ण राज्य–सत्ता ! राज्यसत्ता भोग्दै आएकीमेरी सानी छोरी सोध्छे—बाबा ! के फरक छकोरोना–सत्ता र राज्यसत्तामा ?उम्कन नसकेपछि उसको प्रश्नबाटटार्न नसकेपछि उसको जिद्दीलाईसुस्तरी भन्छु म—हेर्दा उस्तै–उस्तै लाग्छ छोरी, तरधेरै फरक छ यी दुईको सत्तामा !विभेद गर्दैन कोरोना सत्तासम्राट र सडक–छाप मानिसमारङ्गभेद, जातिभेद, लिङ्गभेद र वर्गभेदकेही जान्दैन, केही मान्दैन… पुरा पढौ

गीत : साँझ घर फर्किएर…

साँझ घर फर्किएर दैलो टेक्दा खेरिदुःख भुल्छु तिम्रो ओठमा हाँसो देख्दा खेरि पर्खि बस्छौ बाबा आउँछ, पापा ल्याउँछ सोच्दैलुटपुटिन आईपुग्छौ काख न्यानो खोज्दैमिठो लाग्छ महजस्तै तिम्रो तोते बोलीत्यै बोलीमा हराउँछु हरपल आज भोलि जे बोल्यो त्यो पुगेन कि रोईदिन्छौ जैलेतिम्रा लागि हाँसी हाँसी हारीदिन्छु मैलेसमातेर औंला मेरा अघि बढ्दै जाउजाउ बाबु जिन्दगीको सिँढी चढ्दै जाउ । पुरा पढौ

कविता : तिम्रो कुरुप मुहार

कहिले ललाट,कहिले अधरकहिले नयन कहिले पुरै अनुहारहेरेर भन्छतिम्रो कुरुप मुहारचन्द्रमा जस्तै सुन्दर देख्नेनजर भएको भएघाम जस्तै न्यानो माया दिनेहृदय भएको भए कास नजर जुधाइ मृगनयनी देखेको भएअथाह प्रेम गरेको भएसुन्दरता त हेर्ने नजर मा भर पर्ने रहेछ आज कुरुप अनुहार भन्नलाईहिजोकिन ढु़ंङ्गा र माटो जस्तै जोडिन पुग्यौ?ए मेरो सुन्दर प्रेमी फुलको अनुहार मात्र हेरेर कति दिन प्रेम गर्न सक्छौ? तिमीलाई के थाहा फुलहरु सुन्दर भएर मात्रै सम्मानित भएका होइनन् मनहरु… पुरा पढौ

बालगीत : आकाशमा लागेछ…

आकाशमा लागेछ कालो कालो बादल गीत गाउन भनेर भाइले झिक्यो मादल । हाम्रै नजिक बस्यो सानू पप्पी आएर नाच्न थाल्यो बिल्लीले मीठो गीत गाएर । माकुर माकुर परेवा घुर् घुर् गर्दै हामीसँगै नाच्न थाल्यो वर वर सर्दै । बाहिर पानी परेनि असिना नै झरे नि बाबाआमा आउनुभो परर ताली लाउनुभो । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं