तनहुँमा जंगली च्याउ खाँदा परिवारै बिरामी

तनहुँको देवघाटमा जंगली च्याउ खाँदा परिवारै बिरामी परेको छ । सोमबार बिहान जंगली च्याउ खाएका देवघाट ५ साउनेको भुजेल परिवारका ५ जना नै बिरामी भएका छन् ।

घर नजिकको जंगलबाट जंगली च्याउ ल्याई खाने बिरामी परेका उनीहरुलाई उपचारका लागि भरतपुर चितवान लगिएको छ । प्रहरीका अनुसार बिरामी पर्नेमा ४२ वर्षीय कृष्णबहादुर भुजेल, उनका १५ वर्षका छोरा धनलाल, १७ वर्षका छोरा मीनबहादुर, २१ वर्षका छोरा तीर्थ बहादुर र ४० वर्षीया श्रीमती गौरीमाया रहेको प्रहरीले जनाएको छ ।