मुख्य सचिव सरहको संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिव नियुक्त गरेकी हुन् ।
सोमबार नै सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए । उनको घर कास्कीको पोखरा महानगरपालिका लामाचौर हो ।
मनोहरप्रसाद भट्टराईले अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले चैत २ गते गोपालनाथ योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए।
गौतमलाई नेकपाभित्रको पूर्वएमाले खेमाको जोड बलमा महाचिव नियुक्त गरिएको हो। उनी २०५१ सालमा संसदमै शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका थिए।






