शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ।
मन्त्रालयले विद्यालयहरुलाई सोमबार भर्ना नगर्न निदेर्शन गरेको हो।
मन्त्रालयले भर्नाको नाममा शुल्क नलिन र अनलाइन पठन पाठनको नाममा पनि शुल्न नलिन भनेको छ ।
मन्त्रालयले एसईई र कक्षा ११ र १२ का परीक्षा सञ्चालनबारे अहिलेसम्म कुनै निर्णय भइनसकेकोसमेत जनाएको छ । संस्थागत विद्यालयहरुले १ महिनाको आवासबाहेकको शुल्क छुट दिने निर्णय कार्यान्वयनका लागि अभिभावकहरु र स्थानीय सरकारलाई जागरुक हुन पनि आग्रह गरेको छ ।




