जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

थप ३० जनालाई संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो



नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको शुक्रबार बिहानको सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पछिल्लो संक्रमण पुष्टि भएको हो।