जेठ ९ गते २०७७

ताजा समाचार

जेठ ९ गते २०७७

प्रदेशको नीति तथा कार्यक्रमलाई पिन गण्डकीको सुझाव



पिन गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेशका विभिन्न क्षेत्रका ईन्जिनियरहरु, बिज्ञहरु,सरोकारवालासँग परामर्श गरी गण्डकी प्रदेशको २०७७÷२०७८ को नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गरेर शुक्रबार मुख्यमंत्रीसमक्ष पेश गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सुझावहरु गहिरो अध्ययन गरी सकेको कार्यान्वयनमा ल्याउने जनाए । भबिष्यमा ईन्जिनियरिङ जगतसँगै हातेमालो गरी प्रदेश सम्बृद्व बनाउन लागिपर्ने उनले बताए ।

कार्यक्रमको अध्यक्षता पिन गण्डकी कार्यवाहक अध्यक्ष ई महेन्द्रबहादुर गोदार र सञ्चालन पिन गण्डकी सचिव सुरेश तिमिल्सिनाले गरेका थिए ।

कार्यक्रममा पिन केन्द्रीय सदस्य ई टेक बहादुर कटुवाल, नेपाल ईन्जिनियर्स एशोसिएशनका अध्यक्ष आई बाबुराम भण्डारी, प्रदेश विकाश समितिका सदस्य ई बिष्णु बराल र मुख्यमंत्रीका राजनैतिक सल्लाहकार गोविन्द नेपालीको उपस्थिति रहेको थियो ।