१० दिनअघि भारतबाट आएका पुरुषको क्वारेन्टाइनमा मृत्यु

दैलेखमा क्‍वारेन्टाइनमा बसेका एकको मुत्यु भएको छ। दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष को क्वारेन्टाइनमा ज्यान गएको हो ।

१० दिनअगाडि भारतबाट नगरपालिकाले उद्धार गरी ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा थिए । उनी बेहोस भएपछि क्‍वारेन्टाइनमै उपचार गरिएको थियो।

क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएका ती युवाको स्वाब परीक्षणका लागि ३ दिनअघि कर्णाली स्वास्थ्य बिज्ञान प्रठिष्टान जुम्ला पठाइएको थियो । उनको रिर्पोट आउँन बाँकी छ ।