मानव सभ्यताको उदय र विकास सङ्गसङ्गै शिक्षाको उदय र विकास भएको हुनु पर्दछ। मानिसको पूर्ण बिकास नै शिक्षा हुनुपर्ने हो। समानतामूलक,समतामूलक र बिभेदरहित समाजको निर्माणको मुख्य आधारको रूपमा रहेको शिक्षाले समाजमा रहेका सामाजिक विकृतिबिसङ्गतिहरु, कुरीति ,कु( संस्कार,अन्धबिश्वास र रुढीबादीका विरुद्ध जेहाद छेड्नुपर्ने हो । तर शिक्षा सहितका प्रायः सबै उत्पादनका साधनहरुमा केही मुठ्ठीभर मानिसहरूले हैकम जमाएका कारण करीब ३७ सय बर्ष भन्दा अघिदेखि सकारात्मक वा नकारात्मक जे ध्येय राखेर जाति ब्यवस्थाको सूत्रपात गरेको भएता पनि त्यो बिभाजनले ञफुटाउ र शासन गरझ को नीति जस्तै आफ्नो निहित स्वार्थ पूर्तिका लागि जनसमुदायलाई बिभाजन गरेको सिद्द भएको छ।
दक्ष जनशक्तिको बिभाजन गर्ने शासकहरुको कुत्सित षडयन्त्रका कारण श्रमजीवी ,परिश्रमकामी, मेहनतकस जनसमुदायमा परम्परादेखि बिकास हुँदै आएको श्रम, सीप र कलामाथिको नाङ्गो हस्तक्षेप दिनदिनै बढ्दै आइरहेको छ। श्रम चल्छ, सीप र रगत चल्छ तर किन पानी चल्दैन ? वास्तवमा जातीय विभेद र छुवाछूत मानव उदय र सभ्यताको कलङ्क हो । बैज्ञानिक दृष्टिकोणले असत्य ,सामाजिक रूपमा निन्दनीय र मानवीय दृष्टिले भयङ्कर अमानवीय र बर्बर असभ्यताको कुरा हो, शोषण ,दमन,उत्पीडन ,अन्याय,अत्याचार र बिभेदको चरम पराकाष्ठा हो।
श्रम चल्छ, सीप र रगत चल्छ तर किन पानी चल्दैन ? वास्तवमा जातीय विभेद र छुवाछूत मानव उदय र सभ्यताको कलङ्क हो ।
नेपालको उदय र सभ्यताको विकासमा हरेक खाले निरङ्कुश, तानाशाही, फासिष्ट र एकतन्त्रीय शासन ब्यवस्थाको अन्त्य गरी मुलुकमा लोकतन्त्रको स्थापना गर्नको निम्ति हुनेखाने, टाठाबाठा उत्पादनका साधनमाथिको दोहन गर्नेहरुले सृजना गरेको तथाकथित ञउत्पीडित झसमुदायको तर्फबाट ठूलो त्याग,समर्पण र वलिदान गरेको इतिहास दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ। अझ ब्यवस्थामात्र हैन, शासन ब्यवस्थाको प्रणाली नै परिवर्तन गर्न यो समुदायको तर्फबाट अबर्णित योगदान त्याग, समर्पण, बलिदान गरेको ०६२/०६३ सालको शक्तिशाली जनआन्दोलन र १० बर्षको हतियार बन्द सहितको जनयुद्धमा निकै राम्रोसँग अनुभूत गर्न सकिन्छ, महसुस गर्न सकिन्छ ,यो जीवीत यथार्थता हो र सच्चाइ पनि हो। यसरी मुलुकमा हुने ठूल्ठूला परिवर्तनहरुमा यी समुदायको तर्फबाट प्रभावकारी सहभागिता र उदाहरणीय भूमिका रहेको पाइन्छ तर पनि उत्पीडित समुदाय भनिने यिनै समूहहरुभित्र रहेको अन्तरजातीय विभेद पनि झन् साह्रो र मानवीय सभ्यताको तगारोको रूपमा रहनु अर्को दुस्खद कुरा हो।
बिरोधमा उत्रनेमाथि कुटपिट गर्ने,जिब्रो थुत्ने र जेल हाल्ने सम्म गरिन्थ्यो ।
जाती ब्यवस्थाको उत्पत्तिदेखि नै जसलाई उत्पीडनमा पारियो । समुदायका मानिसहरू एवं न्याय ,समानता र स्वतन्त्रताका सच्चा हिमायतीहरुले त्यस्ता खाले सामाजिक बिकृति र बिसङ्गतिहरुको उतिबेलै प्रतिबाद गरे ,बिरोध गरे। यद्यपि उत्पादनका साधनहरुमा जसको बोलवाला थियो, तिनीहरूले सिङ्गो राज्यशक्तिको आडमा सामन्ती ब्यवस्थाको रूपमा रहेको जातीय विभेद र छुवाछूत जबर्जस्त थोपर्दै आए। बिरोधमा उत्रनेमाथि कुटपिट गर्ने, जिब्रो थुत्ने र जेल हाल्ने सम्म गरिन्थ्यो । तर,०६२/०६३ सालको शक्तिशाली जनआन्दोलन र जनयुद्धको फ्युजन पछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी र समानतामूलक शासन ब्यवस्थामा समेत दिनदिनै जातीय हिंसाका घटनाहरु घट्नु, अमानवीय एवं मानव सभ्यताको कलङ्कको रूपमा रहेका जातीय विभेद र छुवाछूतका घट्नाहरु घट्नु निकै लज्जाजनक र २१ औं शताब्दीको शिक्षा ,बिज्ञान र प्रबिधिको उल्टो कुराहरू हुन् ।
गणतन्त्रात्मक शासन ब्यवस्थाको मुख्य जग र आधार स्तम्भ रहेको माओवादी महान जनयुद्धको उदगम स्थल रुकुम पश्चिमको दुस्खद घटनाले कसलाई पो स्तब्ध बनाएको छैन र ? अन्तरजातीय बिबाहको कारणले नबराज बि।क।सहित ६ जना होनहार युवाहरुको बर्बर ,निर्शम्स, पाशविक, अमानवीय ,घोर जंगली र क्रूरतापूर्वक हत्या भयो । सेतो पानी बग्ने भेरी नदीमा कहालीलाग्दो ढङ्गले ती ६ जना अबोध योद्धाहरुको रातो रगत बगेको छ, मानव अधिकारको रूपमा रहेको एउटा मानिसले अर्को मानिसलाई प्रेमिल माया गर्न पाउने अधिकारको चिरहरण भएको छ ।
यी घोर अपराधीक, क्रूर र अमानवीय हत्यामा संलग्न निकृष्ट दानवीय चरित्र बोकेकाहरुको बारेमा खेद व्यक्त गर्न सक्ने कुनै शब्दावली नै छैन।
नैसर्गिक अधिकारको रूपमा रहेको अर्को मानिसलाई इच्छा गर्न पाउने, एकअर्कामा मन पराउन पाउने सार्वभौम अधिकारको हत्या गरिएको छ । यी घोर अपराधीक, क्रूर र अमानवीय हत्यामा संलग्न निकृष्ट दानवीय चरित्र बोकेकाहरुको बारेमा खेद व्यक्त गर्न सक्ने कुनै शब्दावली नै छैन। यस्ता समाचारले जो कोहीलाई स्तब्ध बनाएको छ। एकाइसौ शताब्दीमा मानवीय सभ्यतालाई लज्जित बनाउने गरी घटाइएको यो घटनाको बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई हदैसम्मको कानुनको दायरामा ल्याउनुको बिकल्प नै छैन। जातीय बिभेदले ओतप्रोत मानवीय सभ्यता र सिङ्गै मानवताका कलङ्क र कुलङारहरुलाई धिकारदै समाजमा पुनः यस्ता दुस्कर्म नदोहोर्याउन नयाँ कदम चाल्नु पर्छ।

यो लडाइँ कथित दलित र कथित गैर दलितबीचको होइन, मानव सभ्यताको हो। त्यसकारण राष्ट्रिय मानवअधिकार आयोग र अन्य अधिकारलकर्मीहरुले यो घटनाबाट के शिक्षा लिने र दिने भन्ने बिषयमा छलफल गर्नु पर्छ। यो घटना सुखी नेपाली र सम्मृद्द नेपालको बाधक हो। बिधमान जातीय छुवाछूत जस्ता अमानवीय भेदभाव यसरी नै मौलाउदै जादा ब्यबस्था बदलिए पनि अवस्था उहीँ रहयो भने यसलाइ परिबर्तन पूर्ण हुन सक्दैन । जबसम्म यस्ता मुद्दाहरुलाइ सामाजिक मुद्दा बनाइदैन तबसम्म प्रचलित कानूनको अर्थ रहदैन। नभए नवराज बिक, टिका, मैना सार्की, अजित मिजार जस्ता अझै मारिदै जानेछन अनि नियम कानून निष्कृय भएपछि यसको मूल्य सारा राष्ट्र लाई नै भारी हुन सक्छ।
जघन्य त्यो घटनामा गम्भीर ध्यानआकृष्ट भै यो घटनाको सत्य, तथ्य पत्ता लगाई दोषीहरूलाई हदैसम्मको कार्बाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिको लागि सरकारले नेपाल सरकारको सहसचिवको नेतृत्वमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान आयोग लगायत का प्रतिनिधि रहेको छानबिन आयोग गठन गरेको छ। यो छानबिन आयोगले सत्य, तथ्य प्रष्ट सित बाहिर ल्याई हत्याराहरुलाई हदैसम्मको कार्बाही होस् । मानवीय सभ्यताको कालो धब्बाको रूपमा रहेका अपराधीहरुले कुनै बहानामा उन्मुक्ति नपाउन्। नवराज बिक लगायत होनहार सबै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना।









