जेठभरि बन्दाबन्दी

सरकारले कोरोना भाइरस फैलिन नदिन बन्दाबन्दीको समय थपेको छ । नेपालमा चैत ११ बाट सुरु भएको लकडाउन पटक पटक थपिँदै अब जेठ ३२ गतेसम्म पुगेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेका हो भने हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार 16 सम्म रोक्ने निर्णय भएको छ । बैठकले कोरोना संक्रमण फैलिएको स्थानमा आवश्यकता अनुसार सेना परिचालन गर्ने निर्णयसमेत गरेको छ ।