Author Archive

महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग

पोखरा महामनगरले महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग स्थापना गर्ने भएको छ । महानगरपालिका र यहाँका सहकारीसँगको साझेदारीमा विशिष्टिकृत संस्था स्थापना गरी कोरोनाका कारण रोजगारी गुमेर फर्किएका युवालाई काम दिन यस्तो गर्न लाग्एिको हो । उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार पेश गरेको बजेटमा महानगरपालिका, सहकारी र जनता साझेदारीमा उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न बजेटको ब्यवस्था गरेको उल्लेख छ । सहकारी उद्यमशीलता, वित्तीय साक्षरता, सहकारी एकीकरण अभियान तथा अनुगमन निरीक्षण कार्यलाई… पुरा पढौ

पोखरा महानगरका कर्मचारीको भत्ता कटौती

कोरोना कहरका कारण आर्थिक संकट चुलिँदै गएपछि पोखरा महानगरले कर्मचारी दिँदै आएका सबै प्रकारका भत्ता कटौती गरेको छ । बुधबार पेश भएको बजेटमा यो उल्लेख छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज पेश गरेको बजेटमा कर्मचारीलाई दिँदै आएका स्थानीय भत्ता, अतिरिक्त कार्य समय भत्ता, मूल्यांकन भत्ता लगायतका सबै प्रकारका अतिरिक्त भत्ता यस आर्थिक वर्षदेखि कटौती गरिएको उल्लेख छ । यसै आवदेखि कर्मचारी र जनप्रतिनिधिको कोरोना बिमा गरिने भएको छ । पुरा पढौ

शिशुवा अस्पताललाई ५५ लाख, सरुवा रोग अस्पताल पनि बन्ने

पोखरा महानगरले सरुवा रोग अस्पताल बनाउने भएको छ । अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन तथा सञ्चालनका लागि महानगरले आगामी वर्ष कार्य गर्ने भएको छ। महानगरले निजी क्षेत्रबाट सञ्चालित अस्पताल, फार्मेसी लगायत निजी स्तरमा सञ्चालित स्वास्थ्य संस्थाको नियमित अनुगमन गर्ने भएको छ । शिसुवा अस्पताल सवलीकरणका लागि ५५ लाख बजेट प्रस्ताव गरिएको छ । महानगरले टोल विकास संस्थाको सहकार्यमा आफ्नो आँगन आफै बनाऔ अभियान सञ्चालन गर्ने भएको छ । महानगर क्षेत्रभित्र… पुरा पढौ

बालबालिकासम्बन्धी कार्यक्रम र बालमैत्री महानगर बनाउन २५ लाख

पोखरा महानगरले बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्न र बाल मैत्री महानगरपालिका घोषणाका लागि सूचकांक प्राप्त गर्न २५ लाख बजेट विनियोजन गरेको छ । बुधबार प्रस्तुत महानगरको बजेटमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई महानगरभित्र यातायातामा छुटको व्यवस्था मिलाउन २० लाख बजेट विनियोजन गरेको छ । पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष सञ्चालनलाई निरन्तरता दिदै २० लाख बजेट विनियोजन भएको छ । सामाजिक विकासतर्फका कार्यक्रमका लागि संघीय अनुदानबाट १ करोड १९… पुरा पढौ

पोखरा साहित्य सम्मेलन गर्दै पोखरा महानगर

पोखरा महानगरले आगामी वर्ष पोखरा साहित्य सम्मेलन गर्ने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार सातौं नगरसभामा पेश गरेके बजेटमा पोखरा साहित्य सम्मेलन गर्न र पोखरा प्रज्ञा प्रतिष्ठान सञ्चालन गर्न आवश्यक बजेट व्वस्था गरिएको उल्लेख छ । यो आवमा प्रज्ञा प्रतिष्ठानका लागि ५० लाख बजेट विनियोजन भए पनि ऐन बन्नेबाहेक अरु काम भएन । महानगरले यहाँ बोलिने लोपोन्मुख २ वटा भाषाको शव्दकोष र व्याकरण निर्माण गर्ने भएको छ ।… पुरा पढौ

कोरोना कहरमा करदातालाई पोखरा महानगरको छुट

पोखरा महानगरले कोभिड १९ को महामारीका कारण चैत ११ देखि भएको लकडाउनबाट प्रभावित व्यवसायीलाई विभिन्न तवरले छुट दिएको छ । चैत ११ देखि जेठ मसान्तसम्म भएको बन्दाबन्दीको कारणले नगरको आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव पारेकाले करदातालाई यो ३ महिनाको घर भाडा तथा वहाल कर छुट पछि तिर्ने सुविधा दिएको छ । यो रकम आगामी आर्थिक वर्ष २०७७।७८ को पहिलो चौमासिकभित्र मिलान गर्न प्रस्ताव गरिएको छ । महानगरपालिका स्थापना दिवसको… पुरा पढौ

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा महानगरले ६ अर्व १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेको छ । खर्चतर्फ ३ अर्व २० करोड ८४ लाख र पुँजीगत खर्च तर्फ २ अर्व ९८ करोड ८८ लाख छ । बजेटमा प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत छ । प्रशासिनक… पुरा पढौ

पोखरा महानगरको आव ०७७/७८ को बजेटको पूर्ण पाठ

पोखरा महानगरपालिका गण्डकी प्रदेश सभाका माननीय सांसदज्यूहरु, नगर सभासदज्यूहरु, सहरी योजना आयोगका उपाध्यक्षज्यू तथा सदस्यहरु,राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्रहरुउपस्थित सम्पूर्ण महानुभावहरु । नेपाली जनताको लामो समय देखिको संघर्ष र चाहना अनुरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना भइ संघ, प्रदेश र स्थानीय तह मार्फत संघीयताको कार्यान्वयन भइरहेको छ । यस अवसरमा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, गणतन्त्र एवं लोकतन्त्र तथा सामाजिक न्याय र समानता सहितको समृद्ध नेपाल निर्माणको खातिर आफ्नो… पुरा पढौ

६२९ नयाँ संक्रमित, कास्कीका ९ जना

बुधबार देशभर ६ सय २९ नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये महिला १ सय १० र पुरुष ५ सय १९ छन् । अब देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घन्टामा १ सय २४ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ३ सय ३८ जना डिस्चार्ज भएका छन् । बुधबार क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना छन् भने आइसोलेसनमा ८… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाको बजेट ६६ करोड १२ लाख रुपैयाँ

कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि रु ६६ करोड १२ लाखको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाद्वारा बुधबार आयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले आव २०७७÷७८ का लागि चालु तर्फ रु ४३ करोड २३ लाख १८ हजार र पूँजीगत तर्फ २२ करोड ८८ लाख ८२ हजार बजेट विनियोजन गरिएको जानकारी दिए।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं