कोरोना कहरका कारण आर्थिक संकट चुलिँदै गएपछि पोखरा महानगरले कर्मचारी दिँदै आएका सबै प्रकारका भत्ता कटौती गरेको छ ।
बुधबार पेश भएको बजेटमा यो उल्लेख छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज पेश गरेको बजेटमा कर्मचारीलाई दिँदै आएका स्थानीय भत्ता, अतिरिक्त कार्य समय भत्ता, मूल्यांकन भत्ता लगायतका सबै प्रकारका अतिरिक्त भत्ता यस आर्थिक वर्षदेखि कटौती गरिएको उल्लेख छ ।
यसै आवदेखि कर्मचारी र जनप्रतिनिधिको कोरोना बिमा गरिने भएको छ ।




