पोखरा महानगरले बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्न र बाल मैत्री महानगरपालिका घोषणाका लागि सूचकांक प्राप्त गर्न २५ लाख बजेट विनियोजन गरेको छ ।
बुधबार प्रस्तुत महानगरको बजेटमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई महानगरभित्र यातायातामा छुटको व्यवस्था मिलाउन २० लाख बजेट विनियोजन गरेको छ । पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष सञ्चालनलाई निरन्तरता दिदै २० लाख बजेट विनियोजन भएको छ ।
सामाजिक विकासतर्फका कार्यक्रमका लागि संघीय अनुदानबाट १ करोड १९ लाख । आन्तरिक स्रोतबाट १३ करोड ६९ लाख बजेट प्रस्ताव गरिएको छ । महानगरले थप सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन ६ करोड बजेट विनियोजन गरेको छ ।
सिमान्तकृत, अल्पसंख्यक, दलित, मुस्लिम, जनजाति, जनआन्दोलनको घाइते, सहिद परिवार लक्षित कार्यक्रम पनि सञ्चालन गर्ने महानगरको तयारी छ ।




