महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग


पोखरा महामनगरले महानगर, सहकारी र जनताको साझेदारीमा उद्योग स्थापना गर्ने भएको छ ।

महानगरपालिका र यहाँका सहकारीसँगको साझेदारीमा विशिष्टिकृत संस्था स्थापना गरी कोरोनाका कारण रोजगारी गुमेर फर्किएका युवालाई काम दिन यस्तो गर्न लाग्एिको हो । उपप्रमुख मञ्जुदेवी गुरुङले बुधबार पेश गरेको बजेटमा महानगरपालिका, सहकारी र जनता साझेदारीमा उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न बजेटको ब्यवस्था गरेको उल्लेख छ ।

सहकारी उद्यमशीलता, वित्तीय साक्षरता, सहकारी एकीकरण अभियान तथा अनुगमन निरीक्षण कार्यलाई अगाडि बढाउनुका साथै सीप विकास प्रशिक्षण केन्द्र मार्फत क्षमता विकास सञ्चालनमा ल्याउनका लागि ४ करोड बजेट विनियोजन भएको छ । सहकारी बैंक स्थापनाका लागि अध्ययन कार्यदलसमेत बनाउन महानगरले प्रस्ताव गरेको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं